बिकास गर्न भिजन चाहिन्छ, त्यो भिजन म सँग छ काम गर्ने दिनुस नेपाल बिकसित मुलुक बनाउछु : बाबुराम भट्टराई

  • 979
    Shares

काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गफ हाँकेर मुलुकमा विकास र समृद्धि ल्याउन नसकिने बताउनु भएको छ । राष्ट्रिय व्यपार संघले आईतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै भट्टराईले मुलुक बिकासका लागि विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले देश बनाउछु भन्नेहरुले गफ र गुड्डी मात्रै हाँकेको आरोप लगाउनुभयो । कार्यक्रमा बोल्दै उहाँले भन्नुभयो, ‘मुलुकलाई विकास र समृद्धि गर्न विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयो गर्नुपर्छ । अनि मात्रै देश बन्छ । गफ हाँकेर होईन, गुड्डी हाँकेर होइन।’

राजनीतिक नेतृत्वको दृष्टिदोष अहिले मुलुकले दुरगति भोगेको उहाँले आरोप लगाउनुभयो । त्यस्तै उहाँले कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन मिलाउनुपर्नेमा जोड दिनुभयो

भुसालले पनि एमाले छाडे, माधवको एसमा प्रबेस !
देशभरबाट एमाले छाड्ने क्रम बढेको छ । यसैबीच, अर्घाखाँचीका युवा गोविन्द भुसाल तिनै माधव, झलनाथको पार्टीमा प्रवेश गर्ने तयारीमा लागेका छन् । पार्टीको महाधिवेशन तथा जिल्ला

अधिवेशनसम्म आइपुग्दा पार्टीभित्र चरम चरम गुटबन्दी,व्यक्तिवादी मनोमानी,चरम अवसरवाद,नातावाद कृपावाद र नेतृत्वमा देखिएको निरंकुशतालगायतका प्रवृत्तिबाट आजित भई एक युवा नेताले एमाले राजनीतिबाट साधरण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

यसरी राजीनामा दिएर हिड्ने अवस्थामा पुगेका हुन् अर्घाखाँची जिल्लाका इञ्चार्ज गोविन्द भु्षाल । भुषाल नेकपा एमाले निकट रास्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सचिवको भूमिकामा समेत रही पार्टी र संगठनका हितमा काम गर्दै आइरहेका थिए ।

हिजोमात्र सम्पन्न एमाले अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको थियो ।

चितवनमा सम्पन्न महाअधिवेशन,सो अघि भएका पालिका महाअधिवेशनदेखि हिजो सम्पन्न जिल्ला महाअधिवेशनसम्म् आइपुग्दा पार्टीभित्र चरम गुटबन्दी,व्यक्तिवादी मनोमानी,चरम अवसरवाद ,नातावाद कृपावाद र नेतृत्वमा देखिएको निरंकुशताजस्ता प्रवृत्तिबाट हामी जस्ता इमान्दार र निष्ठावान नेता तथा

कार्यकर्ताहरु एमाले पार्टी र यसका जनवर्गीय संगठनमा निरन्तर काम गर्न सक्ने अवस्था नदेखिएकाले आजका मितिदेखि राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवलगायतका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै नेकपा एमाले को साधारण सदस्यसमेत नरहेको घोषणा गर्दछु ।

भुषालले सामाजिक सञ्जालबाटै राजीनामा ठोकेका हुन् । यसअघि जिल्ला अधिवेशनकै मुखमा सिन्धुपाल्चोकका पुराना कम्युनिष्ट नेता सुवास कर्माचार्यले सो पार्टीबाट विद्रोह गरेर निस्किएका छन् । उनी ठूलो दलबलसहित एकीकृत समाजवादी पार्टीमा समाहित हुने तयारी गर्दैछन्

भर्खरै

सम्बन्धित समाचार

error: