ओवादीमै फर्किने घाेषणा
एमालेसँग सँगै हिंड्न सकिन्न – बादल
प्रकाशित मिति पुष २०७८
काठमाडाैँ
नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली नेतृत्वको एमालेमा सँगै जान नसकिने बताएका छन् ।
बिहीवार आफूनिकट नेता कार्यकर्तालाई आफ्नै निवासमा बोलाएर जेठ २ गते अघिको एमालेको संरचनामा आफू सँगै हिंड्न नसकेको बताएका हुन् ।
बादलनिकट एक नेताले सूत्रन्यूजसँग भने – ‘हामी एमाले होइनौं, त्यतिबेलाको नेकपा हौ र हामी त्यही अनुसार अघि बढ्छौं भनेर कमरेड बादलले भन्नुभएको छ ।
जेठ २ गते एमालेलाई फर्काउनु सही होइन । हामी नेकपाकालीन संरचनामार्फत अघि बढ्न खोजेका थियौं ।’
प्रचण्डको सचिवालयले बादल र प्रचण्डबीच कुराकानी भइरहेको जानकारी दिएको छ । एमालेको बैठकमा बादललाई फलामे कुर्चीमा सारिएको विषयले पनि त्यत्तिकै चर्चा पाइरहेको छ ।
बादलमात्र नभएर मणि थापा, लेखराज भट्ट र प्रभु शाह पनि माओवादी केन्द्रमै जोडिने चर्चा यसअघि नै चलेको थियो ।
हाम्रो पार्टी तारा जस्तै चम्किन्छ केपी को पाटी जुनक्रि जस्तै हो :माधब नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तनहुँको भानु नगरपालिका-३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताए ।
‘इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै उत्साहित भएका छन्’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।’
अध्यक्ष नेपालले गोरखा, लमजुङ र गोरखालाई एकीकृत गरी ठूलो सहर बनाउनेतर्फ छलफल भएको उल्लेख गर्दै भने, ‘तीनवटै जिल्लाको एकीकृत विकासका लागि सरकारको ध्यानाकर्षण गराउँछु ।’ अध्यक्ष नेपालले समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने सङ्कल्प लिएको बताए ।
अर्घाखाँचीमा कोरोनाविरुद्ध सचेतना अभियान : घर घरमा पुग्दै प्रहरी
अर्घाखाँची जिल्लामा सम्भावित कोभिड जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची प्रहरीले सचेतना अभियान सुरु गरेको छ ।
आधा दर्जन तल झरेको सक्रिय संक्रमितको संख्या उकालो लागेर दुई दर्जन पुग्न थालेपछि स्वास्थ्य सचेतना फैलाउँदै प्रहरी घरघरमा जान सुरु गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा अनिवार्य खोप लगाउन आग्रह गर्दै प्रहरी चोक चोकमा पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए ।
अनावश्यक रूपमा बजारमा हिँडडुल नगर्न तथा हिँड्नुपर्ने अवस्था आए स्वास्थ्य सावधानीको साथ अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको शाहले जानकारी दिए ।
हाल दिनानुदिन दिन बढ्दै गई रहेको ओमिक्रोन तथा कोभिड १९ को संक्रमणबाट बच्नको लागी अनिवार्य रूपमा कोभिड सम्बन्धी खोप लगाऔं, माक्सको प्रयोग गरौँ, सामाजिक दूरी कायम गरौँ,
अनावश्यक रूपमा हिँडडुल नगरी पूर्ण रूपमा स्वास्थ्य मापदण्डको पालना गरौँ, जस्ता नाराहरू उल्लेखित प्लेकार्डसहित बजार परिक्रमा गरेको प्रहरी टोलीले आज करिब ५ सय जनालाई मास्क वितरण गरेको थियो ।