धुर्मुस-सुन्तलीको ‘ठगी यात्रा’ : सम्पत्ति जोडे, रंगशाला छोडे !

  • 46
    Shares

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीपश्चात सिताराम कट्टेल उर्फ धुर्मुस र कुन्जना घिमिरे उर्फ सुन्तली तनावमा छन् ।

 

 

 

 

आयोजना बीचमै अलपत्र पारेको र पारदर्शी खर्च सार्वजनिक नगरेको भन्दै अख्तियारमा वागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीले उनीहरूविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । उजुरीमा उनीहरूलाई पक्राउ गरेर छानबिन गर्न माग गरिएको छ ।

धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारले के एक्सन लिन्छ, त्यो भविष्यले बताउला । तर विगतमा जसले धुर्मुस-सुन्तलीलाई ‘भगवान’ माने,

 

 

 

आज उनीहरूले नै ‘ठगी गरेको’ आरोप लगाइरहेका छन् ।एक दशकभन्दा बढी नेपालीमाझ लोकप्रिय कलाकारका रूपमा रहेका धुर्मुस सुन्तलीलाई ‘समाजसेवाको भूत’ २०७२ सालको वैशाखमा गएको भूकम्पपछि चढेको थियो ।

 

 

उनीहरूले भूकम्पपीडितका लागि नेपालीहरूबाट नै पैसा उठाएर काभ्रेपलाञ्चोकमा पहारी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा सामूहिक आवास हुँदै महोत्तरीको बर्दिबासमा मुसहर बस्ती र रौतहटको सन्तपुरमा एकीकृत नमुना बस्ती निर्माण गरेका थिए।

भर्खरै

सम्बन्धित समाचार

error: