आलेपछि, श्रममन्त्री श्रेष्ठले पनि चाले, बोल्ड कदम, बिदेश जाने कामदारको हवाई भा’डा प्रतिव्यक्ति ८० हजार घ’ट्यो हेर्नुहोस् भिडियो सहित् ।

  • 78
    Shares

काठमाडौं । देउवा सरकारका मन्त्रीहरु पछिल्लो समय तारिफ पाइरहेका छन् । पर्यटनमन्त्री आलेले वाही-वाही पाइरहेका बेला अर्का मन्त्रीले त्यही बाटो समातेका हुन् ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा इजरायलमा जाने कामदारले ८० हजार भन्दा कम हवाई भाडादर तिर्नुपर्ने भएको छ । कामदार लैजान प्रतिव्यक्ति ८० हजारभन्दा कम भाडादर प्रस्ताव गरेपछि एयर अरेबिया छनोट भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो । एयर अरेबियाले ५९ हजार ९ सय ९० रुपैयाँमा नेपाली कामदारलाई इजरायल लैजान तयार भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

 

रोजगारीमा जान अन्तिम छनौटमा एक हजार एक सय ७५ कामदार रहेका छन् । अब उनीहरूको नौ करोड ४० लाख रुपैयाँ लागत घ’ट्ने भएको मन्त्री श्रेष्ठले बताए ।

 

यसअघि वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जाने कामदारबाट हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, पिसिआरसहित १ लाख ६५ हजार सात सय तोकेको थियो । जसमध्ये विभागले एक लाख ४० हजार रुपैयाँ हवाई भाडाबापत मात्रै खर्च तोकेको थियो ।

 

विभागले नेपाल एयरलाइन्समार्फत कामदारलाई इजरायल पठाउन उक्त भाडादर निर्धारण गरेको हो । तर, श्रममन्त्री श्रेष्ठले हवाई भाडादर अत्यधिक भएको भन्दै नेपाल एयरलाइन्सको विकल्प खोज्न निर्देशन दिएपछि विभागले टेन्डर आव्हान गरेको थियो ।

 

मन्त्री श्रेष्ठले भने, ‘नेपाल एयरलाइन्ससँग घटाउनका लागि आग्रह गरेपछि एक लाख २० हजारसम्ममा सहमत भएको थियो । तर, अन्य एयरलाइन्सले त्यसभन्दा कममा लैजान्छौं भनेपछि हामी टेण्डर आव्हान गर्न पुगको हौ ।’

 

वैदेशिक रोजगार विभागले पुष ९ गते सूचना प्रकाशित गर्दै एयरलाइन्स कम्पनीसँग प्रस्ताव माग गरेपछि आठ वटा एयरलाइन्स कम्पनीले आवेदन दिएका थिए ।

 

जसमध्ये सबैभन्दा कम मूल्य सी लिंक होलिडेज कम्पनीबाट प्रस्ताव गरेपछि एयर अरेबिया छनौट भएको हो । इजरायलस्थित पपुलेसन इमिग्रेसन र बोर्डर अथोरिटी (पिआइबिए) ले एक हजार एक सय ७५ जना कामदारलाई छनोट गरेको छ ।

 

वैदेशिक रोजगार विभागले माघ ५ गते पहिलो चरणमा एक सय २५ जना नेपाली युवालाई इजरायल उडाउने तयारी गरेको छ ।

भर्खरै

सम्बन्धित समाचार

error: