सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीलाई चाहियो भन्दैमा अर्ली इलेक्सन नहुने बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) की सचिव समेत रहेकी नेतृ झाँक्रीले भनिन्, ।
“माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन छ । एउटा निर्वाचनका बेला अरु निर्वाचन गर्न आचार संहिताले दिँदैन ।
हामी दलहरुबीच सहमति गरेर निर्वाचन घोषणा गर्छौं । तर सस्तो लोकप्रियताका लागि खड्ग ओलीले जस्तो हावादारी घोषणा गर्दैनौं ।”
झाँक्रीले एमाले अध्यक्ष ओलीको चाहना चुनावभन्दा पनि अ’राज’कता रहेको आरो’प पनि लगाइन् । उनले भनिन्, “खड्ग ओलीले चुनाव चाहेर दुईदुई पटक संसद् वि’घ’टन गरेका हुन् त ?
उनले लोकतन्त्रका लागि होइन, अ’रा’जकताका लागि संसद् वि’घ’टन गरेका हुन् । हामी खड्ग ओलीको व्यवहारबाट आ’जित भएर वि’द्रो’ह’ गरेका मानिस हौं ।
उनलाई ब्रेक लगाएर हामी आएका हौं । उनलाई चाहियो भनेर हामी अर्ली इलेक्सन गर्दैनौं ।”रिपोर्टस नेपाल बाट