मैले कुराभन्दा काम बढी गरेकी छु प्रधानमन्त्रीको परीक्षण गर्ने इन्जिन हामी हौं:मन्त्री झाँक्री

  • 30
    Shares

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूले कुराभन्दा काम बढी गरेको दाबी गरेकी छन् ।
नेकपा (एकीकृत समाजवादी) की सचिव समेत रहेकी नेतृ झाँक्रीले भनिन्, “म मन्त्री भएलगत्तै कोभिड संक्रमित भएँ । रिकभर हुनै एक महिना लाग्यो ।

साँच्चै भन्ने हो भने दुई महिनामात्र काम गरेकी हुँ । ढिलो बजेट स्वीकृत हुँदा पनि । सरुवा बढुवामा लागिनँ । अहस्तक्षेपको नीति लिएँ । मैले कुराभन्दा काम बढी गरेकी छु ।

तपाईंले सय दिने कामको ३७ बुँदामा फेहरिस्त प्रस्तुत गर्नुभयो, संसदीय व्यवस्थामा त कामको समीक्षा प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने होइन र भन्ने पत्रकार धमलाको प्रश्नमा मन्त्री झाँक्रीले भनिन्, “मेरो मन्त्रालय एक-डेढ सय अर्बको काम गर्ने खालको होइन ।

कतिपय त ४५ लाखका आयोजना पनि छन् । मैले गुड फेथमा काम गरेकोे छु । नीतिगत सुधार गरेकी छु, यो देखिने काम हो । कतिपय कामको प्रभाव अलि दिन पछि देखिन्छ । निश्चय नै प्रधानमन्त्रीको कार्यकाल परीक्षण गर्ने इन्जिन हामी हौं ।

हामी प्रधानमन्त्रीप्रति जवाफदेही हुन्छौं । मैले मेरो कार्यक्षेत्रको कुरा गरें । यो पनि सरकारकै काम हो । मन्त्रीले गरेको कामबारे जनताले जान्न चाहनु स्वाभाविक हो । प्रधानमन्त्रीले ६ महिनाको तुलनात्मक अध्ययनको प्रतिवेदन चाँडै ल्याउँदै हुनुहुन्छ ।

बाहिरफेर जे जस्तो चर्चा गरे पनि शेरबहादुर देउवाको कुशल प्रधानमन्त्री रहेको उनले अनुभव सुनाइन् । उनले थपिन्, “म यो मन्त्रिपरिषद्को सबैभन्दा कम उमेरकी मन्त्री हुँ । मेरो पहिलो मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीले आठ वटा एजेन्डामा आठ मिनेटमा सक्नुभयो । उहाँको गाइड लाइन दिने तरिका छुट्टै छ

भर्खरै

सम्बन्धित समाचार

error: