MCC पास गर्ने नेताहरु अफगानिस्थानको राष्ट्रपतिको जस्तै देश छाडेर भाग्नुपर्ने हुन्छः प्रेम सुवाल (सहि वा गलत)

काठमाडौं:

मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विषयलाई लिएर प्रतिनिधी सभाको आजको बैठकमा गरमागरम आवाज उठको छ । तालिवानले अफगानस्थान निययन्त्रणमा लिएको भोलीपल्ट नेपालको संसद तातेको हो ।

विचाराधिन अवस्थामा रहेको एमसीसी पारित गरेमा नेपालको अवस्था पनि अफगानस्थानको जस्तै हुने र एकदिन एमसीसी पास गराउँने शासकहरु पनि अफगानस्थानका राष्ट्रपति र उपराष्ट्रपति भागेको जसरी भागेर अरुको शरणमा जानु पर्ने

अवस्था आउने सम्मको चर्चा सदनमा भएको छ । आज संसद बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै नेपाल मुजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी पास गर्नेको हालत अफगानस्थानको राष्ट्रपति र उपराष्ट्रपतिको जस्तो हुने

बताएका छन् । जसले एमसीसी पास गर्छ एक दिन त्यसले हिजो अफगानस्थानको राष्ट्रपति र उपराष्ट्रपति भागेको जसरी भाग्नुपर्ने छ सुवालले भनेका छन् । त्यसै गरी आजको संसद बैठकमा नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले अमेरिकी

सहयोग एमसीसी एमसीसी भनेर बुरुक्क बुरुक्क नउफ्रिन र
अफगानिस्तान घटनाबाट केहि सिक्न सबैलाई सुझाब दिएका छन्।सांसद सुनुवारले केवल विदेशी सेना र सहयोगले सत्ता टिकाउन नसकिने रहेछ भन्ने अफगानिस्तानको घटनाले पुष्टि

गरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सुनुवारले भनेस् केवल बाहिरको सेना र सहयोगले मात्रै त्यो देशको सत्ता टिक्दो रहेन छ भन्ने कुरा अफगानि राष्ट्रपति र त्यहाँका शासकले देश छोड्नु परेको घटनाले देखाएको छ। य

घटनाले हामीलाई झस्काइरहेको छ । उनले यो घटनाबाट अमेरिकी सहयोग एमसीसी स्वीकार गर्ने विषयमा पनि
सोच्नुपर्नेमा जोड दिएका छन् । हामी पनि अमेरिकी सहयोग एमसीसी एमसीसी भनेर बुरुक्क-बुरुक्क नउफ्रौं त्यसतर्फ ध्यान दिऊ सुनुवारको भनाइ छ।

भर्खरै

सम्बन्धित समाचार

error: