श्री’ स्वस्था’नी व्रत’ कथा-भाग -२ सच्चा-मनले पढी” सक्दो- सेयर गर्नुहोस् आटेको पुग्नेछ ।

  • 1.6K
    Shares

श्री स्वस्थानी ब्रतकथा दॊश्रॊ अध्याय

**-***-************************

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।।

ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–

 

र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।

ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो

यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।

 

श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–मा ला लङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता सर्वज्ञान निदानपुस्तकधरा रुद्रा’क्षमालाकरा वाग्देवी

 

वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।

मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।

यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।

नमो भगवते तस्मै व्यासायमिततेजसे ।

यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।

 

नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।

देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।

साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।

कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।

 

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।

खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।

चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।

 

सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।

ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि, पहि ले यो संसारमा प्रलय भएर शून्यबाहेक केही

 

नभएको अवस्थामा महामायाका प्रभावले सबै ठाउँमा जलैजल थियो । फेरि महामायाका प्रभावले उक्त जल अनन्त क्षीर सागर भयो । त्यसैबेला महामायाका प्रभावले परब्रह्म

 

परमेश्वर क्षीर सागरमाथि शेषनागमाथि शयन गर्नुभएको थियो । उक्त परब्रह्म स्वरूप विष्णु भगवानको नाभिमा कमलको उत्पत्ति भयो र धेरै माथिसम्म डाँठ फुलेर हजारौ. पातहरू

 

फक्रिएर फुल्दा त्यस पद्मकल्प कमलमाथि ब्रह्मा उत्पन्न हुनुभयो । अनि ब्रह्मालाई सृष्टि गरौं भन्ने प्रेरणा प्राप्त भयो । त्यसैबखत विष्णुको कानबाट कानेगुजी निस्कियो र त्यस

 

कानेगुजीबाट मधु र कैटभ नामका दैत्यहरू बने । ती दैत्यहरू यताउती हिँडडुल गर्दा जताततै पानी नै पानी देखे ।अनि सोही कमलको डाँठबाट माथि उक्ले । कमलका पत्रहरू झार्दै

 

ब्रह्माजीलाई खसाउने प्रयत्न गरिरहे । त्यो देखी डराएर ब्रह्माजीले महामायाको स्तुति गर्नुभयो । महामायाले विष्णु भगवानलाई जागा गरार्इ दिनुभयो । विष्णु भगवान् जागा भइसकेपछि।

 

 

दैत्यहरूले ब्रह्मालाई सताइरहेको देखेर त्यसो नगर्न आग्रह गर्नुभयो । तर दैत्यहरू विष्णु भगवानमाथि जाइ लागे । त्यसपछि विष्णु भगवान् र दैत्यहरूका बीचमा पाँच हजार

 

वर्षसम्म घोर घमासान युद्ध भयो, तर कसैको पनि हारजित भएन । अनि विष्णु भगवानले हार मानी ‘हामी यसरी कत्ति लड्ने, बरु तिम्रो इच्छा के छ ? वरदान माग’ भन्नुभयो । तर मधु र

 

कैटभ दैत्यहरूले अहङ्कारले ‘तिमीले हामीसँग पो वरदान माग्नुपर्छ, के वरदान चाहियो ?’ भने ।विष्णु भगवानले पनि ‘मागेको वर दिनुपर्छ’ भन्ने वाचा गराए, अनि ‘हे दैत्य हो ! मेरो

 

हातबाट तिमीलाई मार्न पाऊँ’ भने । अनि दैत्यहरूले भने ‘हे छलकपटी विष्णु ! तैंले छल गरी वरदान मागिस्, तर हामी वचनमा हार्दैनौं, तिम्रो इच्छा पूर्ण होस् तर हामीलाई जल

 

नभएको ठाउँमा मार ।’ भने । सम्पूर्ण ठाउँ जलामय मात्र भएकाले विष्णुले आफ्नै काखमा राखी मधु र कैटभलाई मारे । अनि ब्रह्माजीलार्इ पनि मधु र कैटभका शरीरका अङ्गहरूबाट स्थलहरू बनाउने उपाय प्राप्त भयो ।

भर्खरै

सम्बन्धित समाचार

error: