अर्को गौर नरसंहार मच्चाएर सीके राउत तपाईको हत्या हुन्छ, सतर्क रहनुस्ः रेणु यादव

  • 16
    Shares

काठमाडौं । संघीय सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालिरहेकी भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले हिंसा भड्काउने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् ।

मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति आक्रोशित बनेकी यादवले अर्को गौर नरसंहार मच्चाउने चेतावनी दिएकी हुन् ।

बहालवाला मन्त्रीले नरसंहार मच्चाउने र एउटा पार्टीको अध्यक्षको हत्या गर्ने खुलेआम धम्की दिनु सामान्य घटना होइन ।

मन्त्री यादवकै पार्टी तत्कालीन मधेशी जनअधिकार फोरमले रौतहटको गौरमा २०६३ सालमा भाला रोपेर २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए ।

सो नरसंहारलाई गौरवका रूपमा स्मरण गर्दै मन्त्री यादवले सीके राउतले फणा उठाएमा त्यही हालत हुने चेतावनी दिएको भिडिओ अहिले भाइरल भएको छ ।

हिन्दीमा भाषण गर्दै मन्त्री यादवले तफुानसँग टकराउने कोसिस गरेमा सीके राउत पनि मारिन सक्ने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् ।

भर्खरै

सम्बन्धित समाचार

error: