जनताको नेता बन्ने भए प्रचण्ड जस्तो हुनुपर्छ अरू नेता सङ्ग तुलना गर्न मिल्दैन :बामदेव गौतम

  • 15
    Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तहभन्दा पहिले संघीय निर्वाचन गर्न सहमति नजिक पुगेका छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस र एमालेबीच संघीय निर्वाचनमा जाने करिब–करिब सहमति भएको खुलासा गर्नुभएको छ ।

एक टेलिभिजनसँगको कुराकानीमा नेता पौडेलले स्थानीय तहको निर्वाचनअघि नै संघीय निर्वाचनमा जाने करिब–करिब सहमति बनेको जानकारी दिनुभयो ।

उहाँ पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजक पनि हुनुहुन्छ । नेता पौडेलका अनुसार जेठसम्ममा संघीय निर्वाचन नै तोक्न अरु दलको पनि समझदारी खोज्ने तयारी भएको छ ।

तर, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने अहिले नै निर्वाचनको पक्षमा छैनन ।

भर्खरै

सम्बन्धित समाचार

error: