एम १६ को गोलि खायर पनि बाचेको मान्छे हु कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न: सभामुख सापकोटा

  • 21.6K
    Shares

सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको साथ र सहयोग कारण आफ्नो अडानमा कायम रहेको बताउनुभएको छ ।

 

गृह जिल्ला सिन्धुपाल्चोकको दुईदिने बसाइँका क्रममा आइतबार लिसङखुपाखर गाउँपालिका–ं३ स्थित घिच्चेत उसिदुम माध्यमिक विद्यालयको ५३औँ जन्मोत्सव तथा भूतपूर्व विद्यार्थी मिलन कार्यक्रममा सभामुख सापकोटाले जनताको साथ र सहयोगमा आफैँले कल्पना नगरेको अडान लिइरहेको बताउनुभयो ।

 

शनिबार बेलुका जिल्लाको ठूलो पाखरमा स्थानीयवासीको घरमा बसेर कार्यक्रमस्थल पुग्नुभएका सभामुख सापकोटाले भन्नुभयो, “यो देशमा सबै असल हुँ भन्ठान्छन्, सबैले राम्रो काम गर्छु भन्ठान्छनु,

 

राम्रो काम गर्छु भनेर इच्छा गरेर मात्रै हुँदैन, त्यसका लागि असाधारण खालको दृढता चाहिन्छ, फासीमा लड्किन तयार पनि हुन सक्नुपर्छ र सबै कुरा त्याग्नुपर्छ ।उहाँले भन्नुभयो, “मलाई नेपाली जनताको साथ प्राप्त छ, म नेपाली जनताप्रति ऋणी छु, नेपाली जनताप्रति म श्रद्धाले शिर झुकाउँछु ।”

 

उहाँले भन्नुभयो, “म तपाईहरूका अगाडि उभिएर प्रतिज्ञा गर्छु कि जिन्दगीको अन्तिम घडीसम्म म जहाँ रहन्छु, जुन पदमा रहुँ वा नरहुँ, नेपाली जनताका लागि लडिरहने छु, देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता गर्ने छैन, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने अग्नि सापकोटाले यस्तो ग-यो भनेर शिर निहुर्याउनुपर्ने छैन।”

 

सभामुख सापकोटाले विसं २०६२ चैत १४ गते जिल्लाकै ठोकर्पामा हात, पेट र तिघ्रामा एकैचोटी एम १६ का तीन गोली लागेर पनि आफू बाँचेको स्मरण गर्दै उहाँले भन्नुभयो, “म बाँचेको छु किन भने जनताका लागि बाँचेको छु, देशका लागि बाँचेको छु ।”

 

आवश्यक पर्दा सबैसँग कठोर भन्दा कठोर सङ्घर्ष गर्दै आएको बताउँदै उहाँले आफ्नो मूल्य, मान्यता, आदर्श, देशभक्ति र सदाचारमा कुनै सम्झौता नगर्ने दोहो-याउनुभयो । भारतका देशभक्त सहिद भगतसिंहकोे स्मरण गर्दै उहाँले आफू भामुख सापकोटाले भन्नुभयो, “हेरौँ म आफूलाई कति तयार पार्न सक्छु ।” आफू विसं २०७६ माघ १३ गते सभामुख भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा बढी ध्यान दिनु परेकाले जनतासँगको भेट पातलो भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “आज जे छु तपाईहरूले गर्दा छु । मुख्य त म तपाईहरूले भोट दिएर सभामुख भएको हो ।

 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख बनाउने निर्णय गरेको थियो, तर मलाई सभामुख बनाउने कुराको सुरुआत सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ का मतदाताले गर्नु भएको हो ।

 

त्यहीँ भएर मैले यो राष्ट्रको सेवा गर्न पाएँ । सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

 

अरु देशमा एउटा सांसद सभामुख भएपछि सो स्थानमा अर्को प्रतिनिधि तोकिने व्यवस्था रहेको बताउँदै उहाँले नेपालमा त्यो व्यवस्था नभएका कारण जनतासँगको भेट पातलो भएको बताउनुभयो ।

 

यो पनि हेर्नुहोस, कञ्चनपुरमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

 

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

 

गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा १ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

 

नेपाली सेनामार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

 

कम्पनीका अनुसार हाल बेड फिटिङको कार्य चलिरहेको छ । कम्पनीले विद्युत होल्डिङ सेन्टरमा विद्युत आपूर्तिको लागि ट्रान्समिटर राख्ने काम पनि सम्पन्न गरेको छ । होल्डिङ सेन्टरको नब्बे प्रतिशत भन्दा बढी प्रगती भएको छ ।

 

सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निमार्णको कार्य हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ ।

 

निमार्णको कार्य ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निमार्ण कार्यलाई सहजता गर्ने गरेको बाहिनीले जनाएको छ । २९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले करिब साढे पन्ध्र करोड रुपैयाँ भुक्तानी लिएको अवस्था छ ।

 

तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको स्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग छन् । निर्माण भएका सबै ब्लगमा बाथरुम, भान्सा, डाइनिङ रुमलगायतको महत्वपूर्ण सेवासुविधासहित होल्डिङ सेन्टर निर्माण भएको छ । संरचनागत भवन सबै निर्माण भएको र खाली फिटिङको काम मात्रै बाँकी रहेको छ । पुस मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने होल्डिङ सेन्टरको भुक्तानीका कारण ढिलाई भएको ठेकेदार कम्पनीले जनाएको छ ।

 

कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गर्दै निर्माण सुरु गरिएको होल्डिङ सेन्टर अबको केही समय भित्रै सेन्टरको निर्माण कार्य सम्पन्न गर्ने समेत ठेकेदार कम्पनीले जनाएको छ ।

 

नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल÷आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निमार्णले नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

 

यस्तै होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा भएपनि यसलाई कसले कसरी सञ्चालन र व्यवस्थापन गर्ने भन्ने विषयमा भने अन्यौलता रहेको छ । होल्डिङ सेन्टरको ३ सय वेड तयारी अवस्थामा छन् । जिल्लाभर अहिले कोरोना संक्रमण दर बढिरहेको छ ।

भर्खरै

सम्बन्धित समाचार

error: