सेलिब्रेटी कम्युनिस्ट सांसद गंगा चौधरी को घाँटीमा १ किलो सुन

  • 46
    Shares

काठमाडौं । एमालेकी समानुपातिक सांसद गंगा चौधरी सत्गवाँले सुनका गहना लगाएको तस्वीर सामाजिक सञ्जालमा राखेकी छिन् ।

राष्ट्रियताको विषयमा जाबरजस्त आवाज उठाएकै कारण चर्चामा आएकी सांसद चौधरीले बिहीबार सामाजिक सञ्जालमा सुनका गहना लगाएको तस्वीर राखेर सबैलाई चकित तुल्याइदिएकी छिन् ।

सांसद चौधरीले सुनका आफ्ना गहनाहरू प्रदर्शन गरेको भनेर आलोचना पनि भएको छ । कम्युनिस्ट भनेका गरिव जनताका नेता हुन् भन्ने भ्रम छ ।

तर, कम्युनिस्ट नेतृ चौधरीले कम्युनिस्ट भनेका गरिव मात्र हुँदैनन् पाएपछि सुनका गहना एककिलोसम्म पनि लगाउँछन् भन्ने उदाहरण दिएकी छिन् ।

उनको घाँटी र कानमा एककिलो सुनको गहना नभए पनि कम्युनिस्ट नेताले लगाएको गहना जति नै भए पनि किलो सरह रहेको भने टिकाटिप्पणी भएका छन् । उनकालाई सुनका गहना कि पतिले दिएको हुनुपर्छ ।

कि त आफ्नो सांसद पदको तलव भत्ताबाट आएको हुनुपर्छ । तर, सुनका गहना यसरी लगाएको तस्वीर राखेपछि उनीमाथि पनि प्रश्न उठेको छ ।

भर्खरै

सम्बन्धित समाचार

error: