राजतन्त्र को बेइज्जत गर्दै केही नेता दलहरु भोट जम्मा गर्न को लागी मेराे नाम बेचिरहेका छन : पुर्वराजा ज्ञाणेन्द्र शाह

  • 110
    Shares

काठमाडाैँ

आठ पैसाप्रति युनिटमा श्री ३ चन्द्रशमशेरले जनतालाई बिजुली बत्ती बाल्न दिएपछि बिजुलीको नाम नै ‘चन्द्रज्योति’ भयो ।

 

 

उनका पालामा आन्तरिक विकास र कूटनीति दुवै सफल हुँदै गएको पाइन्छ । त्यो युगमा भारतका राजाहरू ब्रिटेन जाँदा १७ तोपको सलामी पाउँथे । चन्द्रशमशेरले काठमाडौंस्थित ब्रिटिस दूतलाई स्पष्ट भनिदिए,

 

 

 

‘म स्वतन्त्र राष्ट्रको प्रधानमन्त्री हुँ, त्यसैले १९ तोपको सलामी दिने भए मात्र लन्डन जान तयार छु ।’ ब्रिटिस दूत म्यानरस्मिथले सोहीअनुसार प्रबन्ध मिलाए ।

युवराज गौतम

आठ पैसाप्रति युनिटमा श्री ३ चन्द्रशमशेरले जनतालाई बिजुली बत्ती बाल्न दिएपछि बिजुलीको नाम नै ‘चन्द्रज्योति’ भयो । उनका पालामा आन्तरिक विकास र कूटनीति दुवै सफल हुँदै गएको पाइन्छ । त्यो युगमा भारतका राजाहरू ब्रिटेन जाँदा १७ तोपको सलामी पाउँथे । चन्द्रशमशेरले काठमाडौंस्थित ब्रिटिस दूतलाई स्पष्ट भनिदिए, ‘म स्वतन्त्र राष्ट्रको प्रधानमन्त्री हुँ, त्यसैले १९ तोपको सलामी दिने भए मात्र लन्डन जान तयार छु ।’ ब्रिटिस दूत म्यानरस्मिथले सोहीअनुसार प्रबन्ध मिलाए ।

सन् १९०८ को अप्रिल ६ मा २२ जनाको दलबलसहित उनी ब्रिटेन प्रस्थान गरे । कूटनीति कमजोर नहोस् भनेर राजा र राणाशासकहरूले हरेक विषयलाई गम्भीरतापूर्वक लिएको पाइन्छ । इतिहासबाट सिक्नुपर्ने यस्ता हजारौं उदाहरण छन् । राजाहरूलाई कमजोर बनाएर पारिवारिक ढंगले सैनिक बलमा शासन गरे पनि राजसंस्था नै मास्ने काम राणाहरूले गरेनन् ।

राष्ट्रका सर्वोपरि राजा नै हुन् भनेर अभिभावक मान्दै राजसंस्थाको मर्यादा राखे । राजा पृथ्वी वीरविक्रम शाहका छोरीहरू (लक्ष्मी राज्यलक्ष्मी, रमा र तारा) मात्र जन्मेपछि चन्द्रशमशेरले राजगद्दीमा बस्ने राजा नभएमा पृथ्वी वीरविक्रम परलोक भएपछि राजाका काका नरेन्द्रविक्रमका छोरा रतीन्द्र (जुना राजा) लाई राजगद्दीमा राख्नुपर्ला भन्ने कुरा पनि उठाए । तर पृथ्वी वीरविक्रमका माहिला बडामहारानी लक्ष्मी दिव्येश्वरीबाट त्रिभुवन पैदा भएपछि उत्तराधिकारीसम्बन्धी चिन्ता हट्यो ।

इतिहास ज्ञाता रामजीप्रसाद अर्यालले महाभारत युद्धपछिको लामो कालखण्डमा राजा ज्ञानेन्द्रसम्म नेपालमा १९२ जना राजाले शासन गरेको लेखेका छन् । राजा एकताको प्रतीक भएको स्विकारेका छन् । २००७ सालसम्म राणाहरूले पनि राष्ट्रियताप्रति घात हुने काम गरेनन् । जापान, ब्रिटेन, स्पेन, स्विडेन, नर्वे, थाइल्यान्ड, बेल्जियम, लक्जमवर्ग, नेदरल्यान्डस् (हल्यान्ड) आदि राजतन्त्रात्मक राष्ट्रमा झैँ आफ्नो धर्म, संस्कृति एवं परम्पराको जगेर्ना गर्दै राष्ट्रलाई समुन्नत बनाउने चाहना भए पनि आर्थिक अभाव, शिक्षादीक्षाको कमी एवं कतिपय आन्तरिक र बाह्य कारणले नेपाल पछौटेपनको सिकार भइरह्यो ।

हालको बंगलादेश र भारतको पश्चिम बंगाल एउटै छँदा त्यहाँका बुद्धिजीवीहरूले भारतमा ब्रिटिस शासनविरुद्ध निर्णायक भूमिका खेल्न सक्ने विश्लेषण गर्दै बंगाल टुक्र्याएर अंग्रेजहरूले ‘फुटाउ र राज गर’ (स्म्यास एन्ड ग्य्राब) नीतिको सफल परीक्षण गरे । सुरेन्द्रनाथ बनर्जी, विपिनचन्द्र पाल, अश्विनीकुमार दत्त र अरविन्द घोषलगायतले बंगाल विभाजनविरुद्ध ब्रिटिस सामान बहिस्कार गर्ने आन्दोलन चलाए । लर्ड कर्जनले अखण्ड बंगाललाई खण्डखण्ड गरेर न्यु नेसनालिटी (नयाँ राष्ट्रियता) नाम दिएका थिए ।

सन् १९०७ मा सुरतमा भएको कांग्रेसको अधिवेशनमा राष्ट्रवादी र अंग्रेजका समर्थकहरूबीच तनाव उत्पन्न गराएर विभाजन ल्याउन अंग्रेजहरू सफल भए । राष्ट्रवादीहरू कमजोर भएपछि नौ वर्षसम्म उनीहरू कांग्रेस परित्याग गरेर बसे । राष्ट्रवादी आन्दोलनलाई ‘अराजकतावादी’ भनियो । नेपालमा पनि केही वर्षयता राष्ट्र बलियो हुनुपर्छ भन्नेहरूलाई प्रतिगामी र बाह्यशक्तिका मतियारहरू मात्र ‘अग्रगामी’ हुन् भन्ने दुष्प्रचार गरिएको छ ।

अंग्रेजहरूले भारतमा कडा कानुन बनाउने पृष्ठभूमि तयार पार्न गुप्तचरहरूलाई प्रयोग गरेर ‘जनआन्दोलन’ र तोडफोड गराए । राष्ट्रवादीहरूलाई यातना दिनको लागि यस्ता नाटक मञ्चन गरिए । यथार्थ सूचना पाएपछि राष्ट्रवादीहरूले राष्ट्रिय आन्दोलन चलाए । नेपालमा पनि विदेशी शक्तिको प्रभाव समाप्त गर्न लाखौं जनता सडकमा आएर राष्ट्रिय आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।

दिल्लीका शासकहरूको प्रेरणा, सहयोग र निर्देशनमा भएका राजनीतिक आन्दोलनहरूले नेपाललाई अभूतपूर्व रूपमा कमजोर तुल्याएको यथार्थ जगजाहेर छ । विदेशीको प्रत्यक्ष–परोक्ष आज्ञामा हिँड्न नचाहने प्रबल राष्ट्रवादी शक्ति निर्माण गर्न गुट, दल, क्षेत्र आदि बिर्सेर राष्ट्रियताको धरातलमा ऐक्यबद्ध हुन सक्यौं भने मात्र राष्ट्रको रक्षा गर्न सम्भव छ भन्नुपर्ने अवस्था टड्कारो देखिएको छ । तसर्थ, जनता होइन ‘कार्यकर्ता’ मात्र बन्न रुचाउने टाठाबाठाहरूले पनि राष्ट्र ठूलो हो कि दल ? सोच्नुपर्ने बेला आएको छ ।

दलका नेता र कार्यकर्ता त सिक्किमतिर पनि छन् । ढाकाटोपी लगाउँछन्, नेपाली नै बोल्छन् । उनीहरूले स्वाधीन देशको अस्तित्व दिल्लीमा बुझाएर प्रजातन्त्र मात्र जोगाउनुपर्छ भन्ने राष्ट्रघातीहरूलाई बेलैमा चिन्न सकेनन् । त्यहाँ नरबहादुर खतिवडा, लेन्डुप दोर्जे, सञ्चमान लिम्बू, भीमबहादुर गुरुङ र रामचन्द्र पौडेल नामका नेताहरूले के गरे, के गरेनन् भनेर पुरानो पुस्तासँग सोधे हुन्छ ।

नेपालमा पनि राष्ट्रियताभन्दा दल र प्रजातन्त्र ठूलो हुन्छ भन्ने सिकाइएको छ । त्यसैले विदेशीको दबाब र प्रभाव बढाउन राजतन्त्र उन्मूलन गरियो । किनभने राष्ट्र, धर्म, संस्कृति, इतिहास र राष्ट्रिय हितको रक्षा गर्ने कुरामा राजा सदैव समर्पित रहने हुँदा राजतन्त्रलाई ‘प्रजातन्त्रको वाधक’ भन्ने प्रचार गराएर विदेशी शक्तिले ‘माओवादी’ नामको ब्रिगेड स्थापना गरी आफ्ना गुप्तयोजनाहरू अघि बढाए ।

नेपालमा विदेशी प्रभाव बढ्न दिनु हुँदैन भनेर राजा वीरेन्द्रसँग धेरै विषयमा सहमत भएका एमालेका प्रभावशाली नेता मदन भण्डारीको रहस्यमय मृत्युपछि २०५२ साल फागुन १ गतेबाट माओवादी जनयुद्धको नाममा गरिएका राष्ट्रघाती काम हेर्दा सिलसिलाबद्ध षड्यन्त्रको मार्गचित्र स्पष्ट बुझ्न सकिन्छ ।

२०५८ साल जेठ १९ गते भएको राजा वीरेन्द्रको हत्या अमेरिकी र भारतीय योजना थियो भनेर चीनका विश्लेषकहरूले खुलासा गरिसकेका छन् । त्यसबारे थप व्याख्या आवश्यक छैन । कतिपय सञ्चारमाध्यम र व्यक्तिले नारायणहिटी काण्डमा राजा ज्ञानेन्द्र प्रत्यक्ष वा परोक्ष संलग्न भएको आशंका पनि गरे । राजतन्त्र नै नरहेको अवस्थामा विदेशी शक्ति, नेपालका ठूला दलहरू वा अग्रणी सञ्चारमाध्यमले गहिरो अध्ययन–अनुसन्धान गर्न सक्थे ।

कुनै मठमन्दिर वा गुम्बाको मुख्य व्यक्ति दोषी वा अयोग्य छ भनेर देवालयमै आगो सल्काउनु जस्तै राजा ज्ञानेन्द्रसँग रिसाएका दलहरूले विदेशीको लहैलहैमा दिल्लीमा बाह्रबुँदे समझदारी गरेर जेजस्ता एजेन्डा लागू गर्न खोजे, त्यही कारणले राष्ट्र ठूलो संकटमा फसेको छ ।

 

 

 

गणतन्त्र घोषणा गरिएपछि राज्यको बागडोर हातमा लिएका नेताहरूले कुनै सबुत–प्रमाण फेला पार्न सकेनन् । अन्ततः उनीहरू चुपचाप बस्न बाध्य भए ।

पुष्पकमल दाहाल प्रधानमन्त्री रहेको माओवादी नेतृत्वको सरकार २०६५ साल भदौमा गठन भएर नौ महिनामै ढल्यो । गणतन्त्र घोषणा भएको एक वर्षको समीक्षा गर्न डा. बाबुराम भट्टराई र पंक्तिकारलाई बीबीसी नेपाली सेवाले आफ्ना विचार राख्ने अवसर दिएको थियो ।

 

 

 

भट्टराई गणतन्त्रले राष्ट्र झिलिमिली हुन्छ भन्दै थिए । बहसमा भाग लिँदै पंक्तिकारले भनेको थियो, ‘राजतन्त्र राजनीतिक स्थिरता, राष्ट्रिय एकता र राष्ट्र निर्माणको मियो हो । त्यो समाप्त हुँदा अस्थिरता फैलिन्छ । इरान, अफगानिस्तान, कम्बोडिया,

 

 

राजतन्त्र फ्याँकेपछि प्रजातन्त्र बलियो भएको उदारहण खोज्दा धेरै राजनीतिशास्त्रीहरू अलमल्ल परेका छन् । क्यामरुन, चाड, क्युबा, इजिप्ट, इरिट्रिया, उत्तरकोरिया, सिरियालगायतका २३ राष्ट्रमा आज तानाशाही छ तर त्यहाँका शासक कोही पनि राजा होइनन् । रसियामा सन् १९१७ मा राजतन्त्र मासेर कम्युनिस्ट तानाशाही सुरु भयो ।

पोर्चुगलमा राजतन्त्र फ्याँकेर तानाशाह नै आए । त्यहाँका जनता राष्ट्रनिर्माता डोन आफन्सो हेनरिक्सका वंशज अन्तिम राजा डोन मोनोयललाई स्थापना गर्न खोजिरहेका छन् । सालाजारको तानाशाही आज पनि कालो अध्याय मानिन्छ । सन् १६४९ मा ब्रिटेनमा राजतन्त्र मासेर ओलिभर क्रमवेलले तानाशाही चलाए । एघार वर्षपछि त्यहाँ पुनः राजतन्त्र पुनस्र्थापना भयो । स्पेनको इतिहास त्यस्तै छ ।

कम्बोडियामा सन् १९७५ मा उग्र कम्युनिस्टले राजा हटाएर दसौं लाख जनताको हत्या गरे । त्यसरी मारिएका मानिसका अस्थिपन्जर संग्रहालयमा हेर्न पाइने व्यवस्था गरिएको छ । क्यानाडाका लेखक तथा पत्रकार जेजे म्याक्कुल्होले लेखेका छन्, ‘राजनीतिमा असम्भव भन्ने केही छैन । बुल्गेरियाका अपदस्थ राजा सिमोनलाई जनताले बहुमतद्वारा प्रधानमन्त्री पदमा स्थापित गरे । कम्बोडियालगायतका कैयन् राष्ट्रमा जनता वाक्कदिक्क भएपछि राजतन्त्र फर्कियो । इराक, अफगानिस्तान र लिबियामा पनि राजतन्त्र ढलेपछि क्षतिबाहेक केही भएन । त्यहाँ आज राजतन्त्र ल्याउनुपर्छ भन्ने चेतना जागृत भएको छ ।’ रसियामा एन्तोन बुखोभले राजतन्त्रवादी दल खोलेर करोडौं डलरबराबरको रकम खर्च गरिरहेका छन् ।

राजा भनेको विद्यालय होइन, हेडमास्टर मात्र हो । तसर्थ हेडमास्टरका रिसले विद्यालय (राजतन्त्र) नै पोल्नु गलत हो । कुनै मठमन्दिर वा गुम्बाको मुख्य व्यक्ति दोषी वा अयोग्य छ भनेर देवालयमै आगो सल्काउनुजस्तै राजा ज्ञानेन्द्रसँग रिसाएका दलहरूले विदेशीको लहैलहैमा दिल्लीमा बाह्रबुँदे समझदारी गरेर जेजस्ता एजेन्डा लागू गर्न खोजे, त्यही कारणले राष्ट्र ठूलो संकटमा फसेको छ । नयाँ संविधान र गणतन्त्र मृगमरीचिका बनेको छ ।

राजसंस्थाका वारिस ज्ञानेन्द्र शाह र दलहरू दुवैले राष्ट्र अभूतपूर्व संकटमा छ भन्ने राम्ररी स्विकारेका छन् । विदेशी शक्तिमध्ये नेपाललाई अस्थिर बनाइरहन चाहनेहरू राजतन्त्र पुनस्र्थापना हुनुभन्दा आफ्ना एजेन्डा (धर्म निरपेक्षता, संघीयता र गणतन्त्र) लागू गराउन विदेशीकै हस्तक्षेप राम्रो हो भन्ने ठान्छन् । यस्तो विषम परिस्थितिमा दरबारमै राजतन्त्रको अनुभव र तालिम गरेका ज्ञानेन्द्र शाहले शान्त कूटनीति, राजनीतिक चातुर्य एवं लोकप्रियता आर्जन गर्ने उपायको खोजी गरे भने दलहरू असफल भइरहेको अवस्थामा राष्ट्रलाई असफल हुनबाट बचाउन उनले ठूलो भूमिका खेल्न सक्छन् ।

अहिले पनि राष्ट्रप्रेम, राष्ट्रियताप्रतिको समर्पण र राष्ट्रिय एकताप्रतिको उनको धारणा परिस्कृत र स्पष्ट छ । योग्य, सक्षम, सुसूचित र जनप्रिय व्यक्तिहरूलाई सल्लाहकार बनाएर आफूवरिपरिका अल्छी, कुरौटे, अहंकारी, अयोग्य, पामर, हुतिहारा, नामर्द, खुजली र चाकडीबाजहरूको घेरा बाहिर आए भने ज्ञानेन्द्र शाहले नरोदम सिंहानुकले जस्तै जनताको राम्रो समर्थन र सम्मान पाउन सक्छन् । अमेरिकी गुप्तचर सीआईएले कम्युनिस्टहरूलाई उचालेर कम्बोडियामा राजतन्त्र मासे पनि राजाकै प्रयत्नले राजतन्त्र पुनस्र्थापना भएको इतिहास छ ।

इतिहासमा ‘अन्तिम’ भन्ने शब्द हुँदैन । त्यसैले राजा ज्ञानेन्द्रलाई नेपालका ‘अन्तिम राजा’ भन्नु अपरिपक्वता हुनेछ । जनताले तानाशाही चाहेका छैनन्, चाहँदैनन् पनि । राष्ट्रको अस्तित्व र भविष्य बचाउन राजसंस्था नै आवश्यक रहेछ र यो विदेशीको दबाब, प्रभाव र प्रलोभनबाट बच्न सक्ने प्रबल शक्ति रहेछ भनेर विद्यालयमा पढ्ने छात्रछात्राले पनि बुझ्न थालेका छन् । त्यसैले राष्ट्रले राष्ट्रवादी, स्थायी, भरपर्दो, इमानदार, कर्मठ, अनुशासित, मर्यादित एवं विदेशीसँग नझुक्ने नेतृत्व खोजिरहेका बेला जनताले नै ज्ञानेन्द्र शाहलाई राजगद्दीमा राख्न चाहे भने त्यतिबेला रोक्ने कसले ? छेक्ने कसले ?

भर्खरै

सम्बन्धित समाचार

error: