भर्खरै कालापानी र लिपुलेकमा नेपाली सेनाले ल्यायो कब्जामा, चिनियाँ सेनाले फा’यर खोलेपछि भारतीय भागे (हेर्नुहोस भिडीयो)

  • 5K
    Shares

 

 

 

 

 

यो पनि पढनु होस
काठमाण्डौ । क्याम्पस पढ्ने उमेर भनेकै धेरै नै पैसाको आवश्यक पर्ने उमेर हो । केही केही मात्र भाग्यमानी हुन्छन् जस्को घरबाट क्याम्पस पढ्नकोलागी अन्य खर्चकोलागी भनेर पैसा आउने गर्दछ तर धरैको भने आफै काम गर्दै र पढ्दै गर्नु पर्ने अवस्था रहेको छ । यस्तो अवस्थामा भर्खरै क्याम्पस भर्ना भएका विद्यार्थीहरुले पैसा कमाउनकोलागी जस्तो सुकै कामपनि गर्न पछि पर्दैनन् ।

 

 

हिजो आजको समय अनुसार त झनै हरेक कुराहरु अनलाईनबाटै हुने भएकाले पनि विद्यार्थीहरुले धेरै समय अनलाईनमै खर्चने गर्दा उनीहरुले आफ्नो कमाईको बाटो अनलाईनलाई नै बनाउने गरेको पाईएको छ । अनलाईनबाटै पैसा कमाउनकोलागी एउटा मात्र एप्स अथवा माध्य भने पक्कै छैन । अनलाईनमा पनि आफ्नो पैसा पहिला आफैले इन्भेस्ट गरेर पैसा कमाई रहेको पनि पाईएको छ ।

 

 

जुन सहज बाटो मानिन्छ । तर चाँडै पैसा कमाउने योजनामा लाग्दा केही क्याम्पस पढ्ने युवा युवती भने प्रहरीको खोरमा पुग्नुपरेको छ । पढ्ने उमेरमा जुवा खेल्ने र खेलाउने काममा लागेका यस्ता १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले काठमाण्डौबाट १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

 

 

कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा उनीहरुले जुवा खेलाउने गरेका थिए । उनीहरूले विगत १० महिनाअघि देखि महिनाको करिब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी जुवा खेलाउने गरेको समेत खुल्न आएको छ । ठूलो आर्थिक कारोवारमा जुवा खेलाउने गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

 

 

गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायत उपकरणहरूसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

 

 

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, वडा नम्बर ६ बस्ने १७ वर्षीय मनिष थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर वडा नम्बर १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, १९ वर्षीया हनिशा महर्जन, वडा नम्बर ८ बस्ने २० वर्षीया रोजा महर्जन र १९ वर्षीय साहिल महर्जन, वडा नम्बर ९ बस्ने ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, वडा नम्बर ५ बस्ने १९ वर्षीय विनोद ठगुन्ना र १७ वर्षीय रमादेवी श्रेष्ठ रहेका छन् ।

 

 

पक्राउ परेका मध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण तयारी मिलाई ३ वटा घरमा २४ सै घण्टा समय मिलाएर कर्मचारीसमेत राखेको देखिएको छ । त्यसरी राखिएका कर्मचारीले फेसबुकबाट अमेरिकी र युरोपेली नागरिकलाई साथी बनाई अनलाइन जुवा खेल्ने लिङ्क शेयर गरी अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने गरेको पाइएको प्रहरीको भनाइ छ

भर्खरै

सम्बन्धित समाचार

error: