प्रधानमन्त्रीको सम्बोधनमा रावलको टिप्पणी- आफ्नो राष्ट्रको निम्ती खुलेर बोल्न नसक्नेले राजिनामा दिए हुन्छ, ’

  • 416
    Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा गरेको सम्बोधनलाई ‘कसैले घाँटी अँठ्याए जस्तो’ भन्दै टिप्पणी गरेका छन् ।

नेता रावलले सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्रीको सम्बोधनलाई ‘कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो’ समेत भनेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले निर्वाचनबारे स्पष्ट नबोलेको भन्दै रावलले ‘संविधान र लोकतन्त्रको पक्षमा चुनावबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो’ भनेका छन् ।

नेता रावलले प्रधानमन्त्री देउवाको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको समेत आरोप लगाएका छन् ।

भर्खरै

सम्बन्धित समाचार

error: