राप्रपा नेपालमा महाभुकम्प : निर्वाचन आयाेग द्वारा गाई चिन्ह र सनातन हिन्दु राष्ट्र खारेज

  • 14
    Shares

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र तथा राजसंस्था सहितको प्रजातन्त्र भन्ने वाक्यांश हटाउन तथा गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएको छ ।

राप्रपाले संशोधित विधान तथा केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । अयोगले भने नेपालको संविधानको धारा दुई सय ६९ तथा राजनीतिक दल सम्बन्धी ऐन प्रतिकूल हुनेगरी विधानमा सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश हटाउन आग्रह गरेको छ ।

यस्तै नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल, राष्ट्रिय रंग, राष्ट्रिय जनावर, राष्ट्रिय पक्षी, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिह्न दललाई प्रदान नगर्ने गएकाे वर्ष नै निर्णय भएको भनदै राप्रपाको मध्य भागमा गाई चिह्न भएको भन्ने वाक्यांश पनि हटाउन आग्रह गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पत्र अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिने बताउनुभएको छ । उज्यालो अनलाइनसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले आयोगले भन्दैमा आफूहरुले सनातन हिन्दु राज्य र गाई चिह्न नहटाउने बताउनुभयो।

यसैबीच, निर्वाचन आयोगको निर्देशनप्रति पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाउनुभएको छ । ट्वीटमार्फत थापाले आयोगको निर्णय संविधान र प्रजातान्त्रिक मान्यता विपरीत भएको दाबी गर्नुभएको छ । यस्तै आयोगले पठाएको पत्र राप्रपाको वर्तमान नेतृत्वले किन सार्वजनिक गरेन भन्दै प्रश्न पनि गर्नुभएको छ ।

विज्ञप्ति :

टन्सिल भयाे भनेर आउनुहुन्छ, तर पीसीआर परीक्षण गर्दा काेराेना देखिन्छ : डा. रक्षा गौतम

काठमाण्डाै – मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यस सँगै कोरोनको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि तीव्र गतिमा बढिरहेको छ । आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो की कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । अल्का अस्पताका चिकित्सक डा रक्षा गौतम आफूमा काेराेनाकाे जस्ताे लक्षण देखिएमा पीसीआरु परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । ओमिक्राेनलाई सामान्य रुपमा हेर्न नहुने उहाँकाे भनाइ छ ।

यही विषयमा डा. रक्षा गौतमसँग गरिएकाे कुराकानी :

अहिले अस्पतालहरुमा मौसमी रुघाखोकीको बिरामीकाे चाप कस्तो छ ?

मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामीहरुको चाप धेरै बढेको छ । गएकाे दुईहप्ता देखि हाम्रो ओपीडीमा बिरामीको चाप तीन, चार गुणाले बढेको छ । एकजना फिजिसियनलाई नै धौ धौ हुनेगरी बिरामी आइरहनु भएको छ । मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड १९ को बिरामीहरुको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ दिनदिनै बढेको देखिराछौँ ।

लक्षणका आधारमा आम सर्वसाधारणले काेभिड १९ काे डेल्टा हाे कि ओमिक्राेन कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पीसीआरका लागि जाने ?
मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चीसोले हुने रुघाखोकी) हो, कमन कोल्डको आधारभूत लक्षण छुट्याउने एकदम सजिलो तरिका भनेको ज्वरो हो । यो धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरुमा ज्वरो आउँदैन बिरामीहरुलाई । सामान्य जिउ दुख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफै ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्राय सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ ।

फ्लु भनेको चाहीँ जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो । सबै फ्लुको फेमिलीमा पर्दछन् । हामीले इन्फ्लुयन्जा सुनिरहेको फ्लु हो । सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो । सय वर्ष अघिदेखिको फ्लु हो यो । इन्फ्लुयन्जा र कोभिड फ्लु मा चाहीँ हामीले प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नु पर्यो ।

फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड १९ हो कि, कोभिड १९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाहीँ अलिकति गाह्रो छ । तर हामीले बिरामीको प्याटर्न हेर्दाखेरी चाहीँ फ्लु भएकाहरुलाई, इन्फ्लुयन्जा भएकाहरुलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडीको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण चाहीँ कोभिडमा मात्रै देखिरहेको छ । बास्ना र स्वादपनि गएको हामीले यसपालि पाएका छौँ ।

र अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरुमा प्लस, माइनस, तथा घाटी दुख्ने लक्षणहरु अलि बढी हामीले ओपीडीमा पाइरहेका छौँ । घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ । टन्सिल नै भयो भनेर आउनुहुन्छ, तर हामीले हेर्दाखेरी यो पिक सिजन भइराखेको छ कोभिडको । हामीले बिरामीहरुलाई हेर्दाखेरी पीसीआर गर्दा पोजेटिभ आइराखेको छ । तर अब घाँटी

भर्खरै

सम्बन्धित समाचार

error: