काठमाडौं । बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ ।
बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ ।
नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ ।यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ । ‘
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आयो । यस्तोमा उत्पादक कम्पनीसँग नै पहल गरेर हामीले पल्सर १५० मा मूल्य घटाएका हौं’, कम्पनीको उच्च व्यवस्थापन स्रोतले मेरोअटोसँग भन्यो ।
यो पनि , नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता:होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ ।
६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको यो स्मार्ट फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो भएको एचएमडी ग्लोबलका हेड अफ पान एसियाका रवि कुँवरले बताए ।
नयाँ विस्तारित एचडी प्लस स्क्रिन भिडियो कलिंग एपको साथ आउने भन्दै उनले जुन परिवारलाई वर्तमान अवस्थाको बीचमा जडित रहन मद्दत गर्ने बताए ।
गुगलको क्यामेरा गो एपमा जडित डुअल क्यामेरा सेटअपले कुनै पनि समयमा तथा कम प्रकाशको अवस्थाहरूमा समेत उच्च गुणस्तरको फोटोहरू लिन मद्दत गर्ने उनले बताए ।
‘क्यामेरा गो एप र नोकिया १.४ को डुअल रियर र फ्रन्ट–फेसिंग क्यामेराको शक्तिशाली संयोजनले परिवारको अनमोल यादहरूलाई आश्चर्यजनक बोकेह पाट्रेट र कम–प्रकाश सुन्दर शटहरूमा खिच्दछ ।
ब्लर पृष्ठभूमिमा प्रोफेशनल फोटोहरू खिच्न पाट्र्रेट मोडको साथ बहुमूल्य पारिवारिक क्षणहरू क्याप्चर गर्नुहोस् । र, कलर रिच तथा र क्रिप्स कम–प्रकाश शटहरू लिन फ्ल्याशको आवश्यकता बिना नै नाइट मोड प्रयोग गर्नुहोस् ।
सहयोगी स्टोरेज सूचकहरूले स्पेसको सबै चिन्ताहरु ह्टाउछ ताकि तपाईं स्न्यापलाई जारी राख्न सक्नुहुन्छ’, कम्पनीले भनेको छ ।