एमसीसीबारे गठबन्धनका नेताले अमेरिकीसँग एकथरी र कार्यकर्ता जनता संग अर्कै कुरा गरेका छन्ः केपी ओली

  • 74
    Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सत्ता गठबन्धनले जनतालाई दिग्भ्रमित पार्ने काम गरेको आरोप लगाएका छन् ।

 

 

 

 

 

हिजो आफैंले गरेको हस्ताक्षर ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि कार्यदल बनाउने हास्यास्पद काम गरेको ओलीको भनाइ छ ।

 

 

 

आइतवार विभिन्न विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै ओलीले एमसीसीबारे गठबन्धनका नेताहरूले द्वैध भूमिका खेलिरहेका आरोप लगाएका हुन् ।

‘अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा सत्ता गठबन्धनकै नेताहरूले दिइरहेका विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेका छन् ।

 

 

अमेरिकी अधिकारीहरूसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरूले द्वैध भूमिका खेलिरहेका छन् र जनतालाई दिग्भ्रमित पारिरहेका छन्,’ ओलीले भनेका छन्, ‘

 

 

 

उनीहरूले हिजो आफैंले हस्ताक्षर गरेको सम्झौता ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि अध्ययन कार्यदल बनाउने जस्ता हास्यास्पद र कच्चा काम गरिरहेका छन् ।’

भर्खरै

सम्बन्धित समाचार

error: