काठमाडौं । भारतीय भूमिमा घुसेर चीनले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले भारतको अरुणाचल प्रदेशमा प्रवेश गरी एक भारतीय युवकलाई नियन्त्रणमा लिएको हो ।
१९ जनवरीमा एक ट्वीटमा अरुणाचल प्रदेशका भाजपा सांसद तापिर गाओले चीनले भारतमा प्रवेश गरी युवालाई नियन्त्रणमा लिएको आरोप लगाएका हुन् ।
उनले ट्वीट गर्दै भनेका छन, ‘पीएलएले अरुणाचल प्रदेशको माथिल्लो सियाङ जिल्लाको लुङ्गटा जोर क्षेत्रको जिदो गाउँबाट मीरम तारोन नामका १७ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ ।
सन् २०१८ मा चीनले भारत भित्र ३–४ किलोमिटर सडक बनाएको क्षेत्र यही हो ।’ कांग्रेस नेता राहुल गान्धीले पनि उक्त घटनाको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् ।
एक ट्वीटमा राहुल गान्धीले भने, ‘गणतन्त्र दिवसको केही दिन अघि, भारतको एक भाग्य निर्मातालाई चीनले अपहरण गरेको छ । हामी मीराम तरौनको परिवारसँग छौं र आशा छोड्ने छैनौं, हार मान्नेछैनौं । प्रधानमन्त्रीको मुर्ख मौनता उनको भनाइ हो ।
उसलाई वास्ता छैन ।’ यसैबीच, अरुणाचल प्रदेशका कांग्रेस विधायक निनोङ इरिङलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको छ,
‘हामीले थाहा पायौं कि १७ वर्षीया मिराम तारोनलाई अरुणाचल प्रदेशको माथिल्लो सियाङ जिल्लाको जिदो क्षेत्र, लुङ्गटा जोर क्षेत्रबाट चिनियाँ पीएलएले अपहरण गरेको छ ।
अरुणाचल प्रदेशमा चिनियाँहरू अझै पनि घुसपैठ गरिरहनु दुर्भाग्यपूर्ण छ ।’