चिनकाे घाेषणाले संसार हल्लियाे, नेपालले एमसीसी पास गरे २४ घण्टा भित्र यस्ताे हुने ?

  • 2.5K
    Shares

काठमाडाैँ । नेपाल आर्थिक रुपमा दुई शक्ति छिमेकी राष्ट्रहरु भारत र चीनभन्दा कमजोर छ ।

 

यसैबीचमा दुई शक्तिराष्ट्रहरुको टकरावले नेपालले ठूलै आर्थिक मूल्य चुकाउनुपर्ने देखिएको छ । अमेरिका र चीनको टकरावले नेपालको राजनीति मात्र प्रभावित छैन अर्थतन्त्र समेत प्रभावित भएको छ ।

 

चीनले नेपालमा ‘द बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) सञ्चालनमा ल्याइसकेको छ । उसले विभिन्न देशमा बीआरआई परियोजना बढाइसकेको छ । यसलाई चीनले विकाससम्बन्धी परियोजना भन्ने गरेपनि यसमा उसको राजनीतिक स्वार्थ लुकेको देखिन्छ ।

 

अमेरिकाले एमसीसी अगाडि बढाउन खोज्दैछ । एमसीसी सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि संसदबाट पारित नभएकाले कार्यान्वयन हुन सकेको छैन । एमसीसी रोक्न चीन लागेको देखिदैछ । अमेरिका भने एमसीसी कुनै हालतमा पारित गराउन सक्रिय छ । एमसीसी रोक्ने र बढाउने खेलले सत्ता राजनीतिमा समेत असर परेको खुलिसकेको छ ।

 

पछिल्लो समय एमसीसी रोक्न चीन रणनीतिक रुपमै लागेको छ । उसले नेपालसँगको सीमानाका ठप्प पारेको छ । चीनले चाहेमा नेपालमा जुनसुकै बेला सामान निर्यात र आयात गर्न सक्ने अवस्था छ ।

 

विशेषगरी उसले आफ्नो स्वार्थ अनुसारको निर्यात गर्दै आएको छ । तर, नेपालको चाहना अनुसार न त निर्यात सम्भव भएको छ न त आयात नै सम्भव देखिएको छ । चीनले अघोषित रुपमा नाकाबन्दी लगाएको छ ।

 

चीनले नेपालमा अन्य शक्तिलाई प्रभाव बढाउन नदिन नेपालमाथि विभिन्न तरिकाले दबाब बढाउन सीमामा कडाई गर्दै अघोषित नाकाबन्दी गरिदिएको छ । यसले नेपालको अर्थतन्त्रमा दूरगामी नकारात्मक असर पर्ने निश्चितप्रायः छ ।

 

नाकाबन्दी लगाएपनि चीन यसलाई मान्न तयार छैन । उसले कोरोना भाइरसको जोखिम भन्दै जवाफ दिइसकेको छ । १३ जनवरीमा प्रेस विज्ञप्तिमार्फत् चिनियाँ राजदूतावासका प्रवक्ताले महामारीका कारण देखाएको हो ।

 

उसले एकतर्फी नेपालमा सामान पठाउन दिइएको भन्दै कोरोना भाइरसको महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको भन्दै कूटनीतिक जवाफ दिएको छ ।

 

तर, चीनले अहिलेको सत्ताबाट खुशी नभएको सन्देशहरु दिइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा चीनले रुचाएका नेता होइनन् । देउवा प्रधानमन्त्री भएलगत्तै हुम्लामा चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न कमिटी गठन भई प्रतिवेदन नै तयार भएको छ ।

यसकारण पनि चीन देउवा सरकारप्रति आश्वस्त हुन सकेको छैन । अर्कोतर्फ, एमसीसी रोक्न चीनले विभिन्न रणनीति लगाएर दबाब बढाइरहेको छ ।

 

सीमानाकामा कडाई गरेर चीनले नेपालको अर्थतन्त्रमा ठूलो असर पारिदिएको छ । चीनबाट आयात हुने सामानको मूल्य दोब्बरभन्दा बढी भइसकेको छ । कतिपय सामान अभाव भइसकेका छन् । चीनबाट कतिपय सामानमा नेपाल निर्भर हुँदै गएको अवस्था छ । यसमा चीनले नाकाबन्दी गरेर दोहोरो लाभ लिइरहेको छ ।

 

अमेरिका र चीनको टकरावका कारण राजनीतिक दलहरुको आन्तरिक राजनीति समेत प्रभावित बन्दै गएको छ । सत्ता राजनीतिमा यसको असर खुल्दै गएको छ । केही बर्षअघि भारतले नेपालमाथि महिनौंको नाकाबन्दी गरेको थियो । नेपाल आर्थिक रुपमा सक्षम हुन नसक्दा हाहाकारको अवस्था सिर्जना भएको थियो ।

 

प्रधानसेनापति शर्मा नै झस्किने गरी आफूमाथि ठूलै अन्याय भएको भन्दै प्रधानमन्त्री देउवासमक्ष उपरथी कार्कीको उजुरी

 

वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् ।

 

‘चेन अफ कमान्ड’मा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय सेना नेपाली सेनाकै नेतृत्वविरुद्ध यस्तो उजुरी परेको हो ।

 

उपरथीको पहिलो नम्बरमा रहेका कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उजुरी दिएका हुन्

 

बढुवा र पदावधि थपका विषयमा सैनिक अधिकारीले प्रायः रक्षा मन्त्रालयमा उजुरी दिने गरेको भए पनि उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

स्रोतका अनुसार प्रधानमन्त्री देउवासँगको पुरानो सम्बन्धका कारण उपरथी कार्कीले प्रधान सेनापतिको सिफारिसविरुद्ध उजुरी दिएका हुन् । शेरबहादुर देउवा विगतमा प्रधानमन्त्री हुँदा उनी केही वर्षअघि एडीसी थिए । त्यही आधारमा उनले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको हुन सक्ने स्रोतको दाबी छ ।

 

उपरथी कार्कीले अन्याय भएपछि आफूले प्रधानमन्त्रीसमक्ष उजुरी दिएको प्रतिक्रिया दिएका छन् । कुनै विकल्प नभएपछि प्रधानमन्त्रीसमक्ष उजुरी दिनु आफ्नो बाध्यता रहेको उनको भनाइ छ ।

 

उपरथी कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि उजुरीको बोधार्थ दिएका छन् ।

 

नेपाली सेनाका तीन उपरथीमध्ये पहिलो नम्बरमा कार्की छन् । दोस्रो र तेस्रोमा क्रमशः सीताराम खड्का र तारा पाण्डे छन् । प्रधानसेनापति शर्माले कार्कीलाई पन्छाएर खड्का र पाण्डेको पदावधि थपको सिफारिस गरेपछि पदावधि थप्ने विषयमा देखिएको विवाद सतहमा आएको हो ।

 

प्रधानसेनापति शर्माले गत १६ पुसमा खड्का र पाण्डेको पदावधि थपका लागि रक्षा मन्त्रालयमा पत्र पठाएको भए पनि त्यस विषयमा अहिलेसम्म निर्णय भएको छैन । प्रधानसेनापति शर्माले पठाएको सिफारिसलाई ३० पुसको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो । तर, वरीयताको कुरा उठेपछि त्यस दिन निर्णय हुन नसकेको स्रोतको दाबी छ ।

 

राष्ट्रिय प्रतिरक्षा निर्माण समितिको कार्यालय जगनाथ देवलमा कार्यरत उपरथी कार्कीको पदावधि थप नभए उनी २५ माघमा अनिवार्य अवकाशमा जानेछन् । प्रधान सेनापतिपछि चौथो वरीयतामा रहेका उनी पदावधि थप भएको अवस्थामा आठ महिनापछि रथीमा बढुवा हुनेछन् । ५८ बर्से उमेर हदका कारण आठ महिनापछि रथी बालकृष्ण कार्की अवकाशमा जाने हुँदा हुने हुँदा बालकृष्णको ठाउँमा उनी बढुवा हुने थिए ।

 

सैनिक ऐन र नियमावलीमा उपरथीको अवधि तीन वर्षको भए पनि दुई वर्ष थपिने व्यवस्था छ । यद्यपि कसको पदावधि थप्ने भन्ने सिफारिस गर्ने अधिकार प्रधान सेनापतिलाई हुन्छ । उपरथीको पदावधि तीन वर्ष र उमेर हद ५७ वर्ष भए पनि कार्की अहिले ५५ वर्ष पुग्दै छन् । बढुवा भए पनि उनी संैनिक नेतृत्वमा भने पुग्न सक्दैनन् ।

 

के छ उजुरीमा रु

 

उपरथी कार्कीले ‘नेपालको संविधान, कानुन, विधिको शासन, मानवअधिकार, सैनिक सुशासन, सैनिक मूल्य मान्यताविपरीत विशिष्ट श्रेणीको अधिकृतउपर पूर्वाग्रह र बदनियत राखेर मभन्दा जुनियर दुई जनाको पदावधि थपको सिफारिस गर्ने कार्य गैरकानुनी छ,’ भनेर उजुरीमा उल्लेख गरेका छन् । उनले पदावधिजस्तो वृत्ति विकासमा मनोमानी, स्वेच्छाचारी ढंगले गरिने सबै निर्णय गैरकानुनी भएको पनि दाबी गरेका छन् ।

 

‘मेरो पदावधि थप नगरेको सिफारिसपत्र मेरो २०७७ सालको कार्यसम्पादन मूल्यांकनविपरीत छ,’ उनले उजुरीमा भनेका छन्, ‘कार्यसम्पादन मूल्यांकन उजुरीसँगै समावेश गरेको छु ।’

 

कार्कीले आफू आफ्नो असक्षमता वा यी सबै प्रकरण खोजेर दोष देखाइदिन चुनौती पनि दिएका छन् । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ।।

भर्खरै

सम्बन्धित समाचार

error: