सम्पत्ति विवरण सार्वजनिक गर्दै ज्ञानेन्द्र शाहीले भने- ‘महिनाको ५० हजार रुपैयाँ तलव खान्छु, मेरो कमाई वार्षिक ६ लाख’

  • 158
    Shares

काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले आफ्नो आम्दानी र आफुसँग भएको सम्पत्ति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै अभियन्ता शाहीले १ वर्षको अवधिमा प्रत्यक्ष रुपमा राज्यलाई आफुले ५७ हजार २ सय ८० कर तिरेको बताएका छन् ।

उनले उक्त कर मध्ये ३० हजार तलव कर, २५ हजार ५ सय सवारी साधनको कर र १७ सय ८० रुपैयाँ बीमा कर बुझाएको जानकारी दिए ।

उनले उने,‘एकवर्षमा बुझाएको ५७ हजार २ सय रुपैयामा ३० हजार तलव, २५ हजार ५ सय सवारी साधन र १७ सय ८० रुपैयाँ बीमा करबापत बुझाएको छु ।’

आफ्नो आयश्रोतको बारेमा बताउँदै वार्षिक रुपमा ६ लाख रुपैयाँ आम्दानी रहेको शाहीले सुनाए ।

उनले भने,‘महिनाको ५० हजार रुपैयाँ तलव खान्छु ।’ उनले अन्य अनलाइन व्यवसायबाट ५६ दिनको आम्दानी १ लाख ६३ हजार २ सय ९१ रुपैयाँ गरेको पनि स्पष्ट पारे ।

उनले आफुसँग भएको सम्पत्तिको नाममा ५औं ह्यान्ड गाडी ५ लाख रुपैयाँमा खरिद गरेर प्रयोग गर्दै आएको बताए । पैतृक सम्पत्ति आफ्नो जन्मस्थान जुम्ला र सुर्खेतमा नै भएको उनले सुनाए ।

आफ्नो संस्था देशको हित तथा सामाजिक सेवामा आवद्ध भएको भन्दै उनले कतार उड्ने जहाजलाई तत्कालिन उपप्रधानमन्त्री उपेन्द्र यादवले ३ घन्टा रोकेको उदाहरण दिँदै उनले त्यस्ता वेथितिको अन्त्य आफुहरुले गरेको बताए ।

अझैपनि आफ्नो संस्थाले विदेशमा अलपत्र भएका नागरिकहरुको उद्दार गरिरहेको बताए । उनले भने,‘आजकै दिनपनि २० जना अलपत्र परेका नागरिकहरुको उद्दार गरेका छौ ।’

दोस्रोपटक कोरोनाको लहर आउँदा आफ्नो संस्थाले २ लाख नागरिकहरुलाई अक्सिजन र उपचारको व्यवस्था गरेको अभियन्ता शाहीले जिकिर गरे ।

त्यस्तै, उनले ४ सय जनालाई अक्सिजन कन्र्सन्टे«टरको व्यवस्था गरेको भन्दै दुरदराजको जनताहरुलाई सहयोग गरेको बताए ।

अभियन्ता शाहीले वाइडवडी विमान खरिद प्रकरण लगायतका ठुला भ्रष्ट्राचार काण्डका दोषी सार्बजनिक गरी कारबाहीको माग समेत गरेका छन् ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: