काङ्ग्रेसको बिरोध सभामा नेकपा परित्याग गरी ३१ जना काङ्ग्रेसमा प्रवेश

  • 17
    Shares

मकवानपुरको राक्सिराङ ६ स्थित सिमरगाउंमा नेपाली काङ्ग्रेसको वडास्तरीय बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा नेकपा परित्याग गरि ३१ जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन् । उनिहरुले नेकपा नेता तथा कार्यकर्ताको बिश्वासघातका कारण काङ्ग्रेसमा प्रबेश गरेको बताएका हुन् ।

सभामा सम्बोधन गर्दै प्रमुख अतिथी एवं नेपाली काङ्ग्रेस मकवानपुर जिल्ला सदस्य साथै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले नेकपाको झुठो अश्वासनले जनताहरु आजित भएको बताएका हुन् । नेकपाले सधै झुट बोलेरटिक्न खोजेको ठोकुवा गर्दै अबदेखी जनताले चिनिसकेको बताए। यसैगरी उनले आफ्ना कार्यकर्ताहरुलाई पार्टीको नितिनियम, र लक्ष्यमाथी प्रकाश पारेका थिए।

राक्सिराङ ६ का पार्टी सभापति दिपेश थीङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य एवं बिकाशप्रेमी नेता राजकुमार मल्ल, क्षत्रीय सल्लाहकार देबि लामा, राक्सिराङ गाउपालिकाका पार्टी सह -सचिव गणेश तामाङ, काङ्ग्रेस क्षत्रीय सदस्य प्रतमलाल प्रजा, सन्चराज प्रजा, गाउँपालिका पार्टी सदस्य शरण दोङ्ग लगायतका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

नारायणी पोस्टबाट

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: