भिजिट भिसामा यूएई पुर्‍याएर अलपत्रपार्ने दलाललाइ घिसारेर ल्याए श्रममन्त्री श्रेष्ठले

  • 207
    Shares

भिजिट भिसामा यूएई पुर्‍याएर अलपत्रपार्ने दलाललाइ घिसारेर ल्याए श्रममन्त्री श्रेष्ठले

काठमाडौं। रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पुर्‍याउने कार्यमा संलग्न त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक कोमलराज उपाध्याय युएईमा पक्राउ परेका छन्।

 

 

संयुक्त अरब इमिरेट्स युएई भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा.अव्दुलरहमान अव्दुलमानन अल अवारबीच युएईमा अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको थियो।

 

 

युएई सरकारले कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको थियो।

 

 

त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक उपाध्यायले नेपालीलाई युएईमा अलपत्र पारेको र ठगी गरेको उजुरी परेको थियो। उपाध्यायलाई पक्राउ गरेको जानकारी त्यहाँको प्रहरीले नेपाली दुतावास आवुधाबीलाई गराएको छ।

 

 

नेपाली समुदायको कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा युएईबाट नेपाल झिकाउने बताउनुभएको थियो।

 

‘भिजिट भिषा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने काममा संलग्न मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु,ट्राभल्स संचालकहरु, दलाल तथा बिचौलियाहरुलाई कारवाहीको दायरामा ल्याइने मन्त्री श्रेष्ठले बताउनुभयो।

 

 

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: