सम्बन्धविच्छेदको ८ वर्षपछि दोस्रो विवाह गर्दै करिष्मा कपुर !

  • 63
    Shares

मुम्बई । बलिउड अभिनेत्री करिष्मा कपुर हालै आफ्ना प्रशंसकहरुसँग सामाजिक सञ्जालमा ‘आस्क मी एनिथिंग’ सेसनमार्फत जोडिइन् । दर्शकसँग सामाजिक सञ्जालमार्फत जोडिएकी उनले व्यवसायिकदेखि व्यक्तिगत जीवनसँग जोडिएका प्रश्नको पनि जवाफ दिइन् ।

 

प्रशंसकहरुले उनीसँग सोधेका थुप्रै रमाइला व्यक्तिगत प्रश्नमध्ये विवाहका लागि सोधिएको प्रश्नले विशेष ध्यान खिच्यो । प्रश्नोत्तरकै क्रममा एक प्रशंसकले उनलाई के तपाईं दास्रो विवाह गर्नुहुन्छ ? भन्दै प्रश्न गरे । करिष्माले प्रश्नलाई इगनोर नगरेर रमाइलो शैलीमा जवाफ फर्काइन्, जुन जवाफ उनले इन्स्टाग्राम स्टोरीमा समेत सेयर गरेकी छन् ।

 

 

 

 

 

यसको जवाफ दिन करिष्माले एउटा कन्फ्युज देखिएको एउटा अनुहारको तस्बिर सेयर गरिन । जसको उत्तरमा उनले ‘डिपेन्डस’ मात्रै लेखेकी छिन् । करिष्माको उत्तरले दोस्रो विवाह हुँदैन भनेर नकारिएको छैन ।

 

अभिनेत्री कपुरको सन् २००३ मा सञ्जय कपुरसँग विवाह भएको थियो । उनीहरुका दुई सन्तान समायरा र कियान छन् । यद्यपि, उनीहरुको वैवाहिक सम्बन्ध धेरै टिक्न सकेन र सन् २०१४ मा सम्बन्ध विच्छेद भयो । नवभारत टाइम्स

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: