सीडीओलाई आयोगको प्रश्न– मौन अवधिमा प्रचण्ड प्रचारप्रसारमा संलग्न भएकोबारे जानकारी छ कि छैन ?

  • 46
    Shares

निर्वाचन आयोगले चितवनमा मौन अवधिमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी प्रचारप्रसारमा संलग्न भएको विषयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) आस्मान तामाङलाई पनि स्पष्टीकरण सोधेको छ ।

पत्रमा मौन अवधिमा प्रचण्ड प्रचारप्रसारमा संलग्न भएकोबारे जानकारी छ कि छैन भनि तामाङसँग आयोगले जवाफ मागेको हो ।

 

 

‘तपाईलाई श्री पुष्पकमल दाहाल (प्रचण्ड) भरतपुर आएको र मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा संलग्न भएको जानकारी छ, छैन? निज श्री पुष्पकमल दाहाल भरतपुर पुग्दा तपाईंले वहाँसँग भेट गरी वहाँको कार्यक्रमबारे जानकारी लिनु भयो, भएन ? निज श्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भरतपुर जिल्लामा प्रहरी स्कर्टिङ लगायतको सुरक्षा उपलब्ध गराउन तहाँबाट आदेश थियो, थिएन ? निज श्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट भरतपुर महानगरका उम्मेदवारको प्रचारप्रसार गर्ने गतिविधि भइरहँदा उक्त गतिविधि रोक्न तपाईंले किन आदेश दिनु भएन ?’, आयोगले प्रश्न गरेको छ ।

 

 

तामाङको भूमिकाबाट निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर प्रश्न उठेकाले किन कारवाही हुनु नपर्ने हो ? भनि आठ घण्टाभित्र जवाफ पेश गर्न आयोगले जनाएको छ । चितवनमा गठबन्धन उम्मेदवारको पक्षमा प्रचण्डले मत मागेको आरोप लागेपछि आयोगले उनीसहित सीडीओ र सुरक्षा निकायका प्रमुखलाई स्पष्टीकरण सोधेको हो ।

 

 

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: