३० वैशाख, रोल्पा । रोल्पाको थवाङमा १०१ वर्षीया पुणी घर्तीनीले मतदान गरेकी छन् । उनले थवाङ गाउँपालिका वडा नंं १ को मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
पुणी माओवादी सशस्त्र युद्धमा मारिएका तेजमान घर्तीमगरकी आमा हुन् । हिँडडुल गर्न नसक्ने पुणीलाई विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्य सम्झना घर्तीमगरले बोकेर मतदान केन्द्रसम्म लगेकी थिइन् ।