बारा । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ ।
दुई पक्षबीच झडप हुँदा एक जना घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक जनाको टाउको फुटेको छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी
गोरखा । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् ।
मतदान सुरु भएको केहिबेरपछि उनले सिरानचोक गाउँपालिका– ८ जौवारीस्थित परोपकार आदर्श मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
आज बिहान ७ बजेबाट देशभर एकैपटक मतदान सुरु भएको छ ।कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।
सयौ मुसाको शासनभन्दा एउटा सिंहको शासन ठिक भन्ने जतिले कमेन्टमा राजा लेखी अनिवार्य सेयर गरौ
नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरको उपमेयरकी प्रत्याशी सुनिता डंगोलले मतदान गरेकी छन् । कामनापा वडा नम्बर २१ फसिगाँ लगनटोलमा मतदानपछि आफु उत्साहित भएको बताइन् । साथै उनले एमालेका कोही पनि नेताहरू आफूसँग नरिसाएको बताइन् । रामवीर र विद्यासुन्दर शाक्यहरू समेत आफूसँग नरिसाएको डङ्गोलको भनाइ छ ।
‘सवै जना हर्षोल्लासले मतदान गर्न आउनु भएको छ, त्यो देखेर निकै खुसी भएकी छु,’ उनले भनिन् । उनले मतदाताहरूलाई आफ्नो अधिकारको सदुपयोग गर्न आग्रह गर्दै मनपर्ने उम्मेदवारलाई मत दिन सुझाव दिइन् । उनले मतदाताको उत्साह देखेर एक्साइटेड भएको पनि बताइन् । ‘एक्साइटेड छु । जनताको माया जित्ने आधार हो । माया पाउछु, आशिर्वाद पाउछु भन्नेमा विश्वस्त छु’, प्रत्याशी डंगोलले भनिन् ।