काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पहिलो पार्टी बन्नेमा सन्देह नरहेको जिकिर गरेका छन् ।
शुक्रबार काठमाडौंको मैतिदेवस्थित मतदान केन्द्रबाट मतदान गर्ने क्रममा उनले निर्वाचनबाट कांग्रेस सहजै पहिलो पार्टी बन्ने दाबी गरे । उनले पार्टीको महाधिवेशनपछि पार्टी एकढिक्का भएको र त्यो निर्वाचन जित्ने आधार भएको बताए ।
“कांग्रेस पहिलो पार्टी बन्नेमा डाउट छैन । महाधिवेशनपछि पार्टी एकढिक्का छ,” उनले भने ।
उनले अरू पार्टी विभाजित भएको र गठबन्धन भएकाले पनि सहजै पहिलो पार्टी बन्ने आधार रहेको बताए ।