अहिले सम्ममा कहाँ-कहाँ भयो झडप र हवाई फायर ? कहाँ-कहाँ हुन सकेन अझै मतदान ?

  • 579
    Shares

स्थानीय निर्वाचनका क्रममा उत्पन्न विवादका कारण ठाउँठाउँमा झडप हुँदा मतदान प्रभावित भएको छ । निर्वाचनको दिन मध्याह्न नहुँदै दोलखा, ओखलढुंगा, सर्लाही, रौतहटलगायतका ठाउँमा झडप हुँदा प्रहरीले हवाई फायर नै गरेको छ ।

 

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार दोलखाको बैतेश्वर, सर्लाहीको धनकौल र हुम्लाको चंखेरीमा मतदान नै अवरुद्ध भएको छ ।अन्य कतिपय स्थानमा केहीबेर प्रभावित भएको मतदान पुन: सुचारु भएको छ ।

 

यी हुन् देशभरका मुख्य तनावका घटना

 

दोलखाको बैतेश्वर मतदानस्थल र मेलुङ गाउँपालिकाको ४ नम्बर मतदान स्थलमा झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी गंगाप्रसाद पौडेलका अनुसार मतदान स्थलमा ढुंगा प्रहार गर्दा १ जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

 

प्रहरीले बैतेश्वरमा ११ राउण्ड र मैलुङमा दुई राउण्ड हवाई फायर गरेर अवस्था नियन्त्रणमा लिएको डीएसपी पौडेलले बताए ।

अहिले दुवै ठाउँको मतदान स्थगित भएको छ ।

 

उता, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ स्थित मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ ।

बिहान मतदान स्थलमा लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएपछि प्रहरीले हवाई फायर खोल्नु परेको ओखलढुङ्गाका प्रहरी प्रमुख शुकदेव खनालले जानकारी दिए ।

 

मतदान स्थलमा ३ जना प्रहरी र ५ जना म्यादी प्रहरी सुरक्षामा खटिएका थिए । अहिले त्यहाँको अवस्थामा सामान्य भइसकेको र सर्वदलीय बैठक बसेपछि मतदान शुरू भएको प्रहरीले जनाएको छ ।

 

रौतहटको गढीमाई नगरपालिकामा दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार मतदानस्थल भन्दा बाहिर दुई पक्षबीच झडप भएको हो ।

 

‘मतदान स्थलभन्दा बाहिर अलिअलि झडप भएको छ,’ उनले भने, ‘तर मतदान स्थलभित्र भने कुनै अवरोध भएको छैन, मतदान सुचारु नै छ ।’

 

रामेछापमा दुई पक्षबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ । रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको मतदान केन्द्र र खाँडादेवी गाउँपालिको वडा नम्बर १ मा झडप हुँदा ९ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।

 

प्रहरीले खाँणादेवीमा ७ राउण्ड गोली चलाएको छ भने सैलुङमा २ राउण्ड हवाई फायर गरेको छ ।

 

त्यस्तै, सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । उक्त गाउँपालिकाको वडा नम्बर २ स्थित एक मतदान केन्द्रमा झडपको स्थिति उत्पन्न भएपछि हवाई फायर गरिएको हो ।

 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार मतदान स्थलमा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडपको स्थिति उत्पन्न भएको थियो ।

 

‘दुई पक्षबीच ढुंगा हानाहान भएर मतदानस्थल असुरक्षित हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको हो,’ प्रमुख जिल्ला अधिकारी गौतमले भने, ‘स्थिति नियन्त्रणमा आएको छ । मतदान पनि सुचारु गर्न पहल भइरहेको छ ।’

 

वृद्ध आफन्तको भोट कसले हालिदिने भन्ने विषयमा विवाद हुँदा काभ्रेको चौँरी देउराली गाउँपालिकामा तनाव सिर्जना भएको छ । जिल्ला प्रहरी कार्यालयका काभ्रे एसपी चक्रराज जोशीका अनुसार एक जना वृद्धका आफन्तले कसले भोट हालिदिने भन्ने विषयमा विवाद हुँदा झडप भएको हो । झडपपछि मतपेटिका बाहिर निकालेर फालिएका छन् । उनका अनुसार अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: