प्रतिद्वन्द्वीलाई दोब्बर मतान्तरले पछि पार्दै एमालेले सुरु गर्यो बिजय यात्रामुस्ताङमा नेकपा एमालेले जीतको खाता खोलेको छ । जिल्लाको घरपझोङ गाउँपालिका १ को वडा अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन् ।
जम्मा १५४ मत खसेको वडामा १४९ मत सदर भएको भएको थियो । जसमा एमालेका उम्मेदवारले अध्यक्षमा विजयी एमालेका उम्मेदवारले १०६ मत प्राप्त गरेको जाइएको छ ।प्रतिद्वनद्वि कांग्रेसले भने ४३ मत प्राप्त गरेको छ । घरपझोङ गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहँ वडा सदस्यहरु भने निर्विरोध निर्वाचित भएको जनाइएको छ ।काठमाडौं महानगरपालिकाको मतगणना तत्काल नहुने भएको छ । मतपेटिका ल्याउने क्रम अझै जारी रहेकाले मतगणना थालनी गर्न अझै समय लाग्ने काठमाडौंका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।