गठबन्धन भएको मध्यपुर थिमिमा मतगणना सुरू, काँग्रेसको अग्रता माओवादीलाई धोका

  • 483
    Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा मतगणना सुरू, काँग्रेसको सुरुवाती अग्रता

 

काठमाडौं

 

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मतगणना सुरु भएको छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।

 

मेयरका उम्मेदवार काँग्रेसका सुरेन्द्र श्रेष्‍ठले २१७ मत पाएका छन् भने एमालेका मदन सुन्दर श्रेष्‍ठले १४९ मत पाएका छन् ।

 

यसैगरी उपमेयरमा एमालेका १७२ र माओवादीका विजय कृष्ण श्रेष्‍ठले १५२ मत पाएका छन् ।

 

मत अन्तर हेर्दा गठबन्धनमा रहेका दलहरु कांग्रेस र माओवादीकै बीच धेरै मतान्तर देखिएको छ ।

 

गठबन्धन सफल भयो भने नेपालको भाग्य सफल हुन्छ : रामचन्द्र पौडेल

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सफल भयो भने नेपालको भाग्य सफल हुने बताएका छन् ।

 

सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धन सफल भएमा प्रजातन्त्र सफल हुने र राष्ट्र प्रगतिमा अगाडि बढ्ने बताए ।

 

उनले भने, ‘गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन अलिकति अप्ठ्यारो पनि हो । तर सामना गरेर अगाडि बढ्नु बाध्यता छ ।

 

गठबन्धन सफल गरायो भने नेपालको भाग्य सफल हुन्छ, प्रजातन्त्र सफल हुन्छ ,राष्ट्र प्रगतिमा अगाडि बढ्छ ।’

 

गठबन्धनलाई मजबुत बनाउनु जरुरी रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्ने वातावरण बनाउन आग्रह गरे । सत्ता गठबन्धनले ६ महानगरमा भागबन्डा गरेको भन्दै एकले अर्कोलाई सहयोगको आदन प्रदाान जरुरी रहेको उनले बताए ।

 

गठबन्धन संविधानको अपेक्षा भएको भन्दै उनले गठबन्धनलाई मतबुत बनाएर राजनीतिक स्थिरता कायम गर्नुपर्ने उनको भनाइ थियो ।

 

उनले गठबन्धनका मेयर, उपमेयर, वडाध्यक्षका उम्मेदवारहरुलाई जिताउन समेत आग्रह गरे ।

 

… र जनताको काम सकियो

 

भोट हाल्नुअघिका नेता र भोट हालिसकेपछिका नेता, मतदानअघि र मतदानपछि गर्ने ब्यवहारबारे के जनताको मनमा कुनै संशय छैन होला र ? यद्यपि जनता आफ्नो दायित्वबाट पछि हटेका छैनन्, प्रश्नसहितको मत हालेर पाँच वर्षका लागि आफ्नो काम सकेका छन् ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: