चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।
मुस्ताङको दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् ।
यस्तै गठबन्धनका उम्मेदवार देवबहादुर गुरुङ १८५ मत ल्याएर पराजित बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाउको छ ।
यस्तै उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी हुँदा गठबन्धनका ।
उम्मेदवार लक्ष्मी गुरुङ पराजित भइन् । मुस्ताङका अरु पालिकामा मतगणना जारी रहेको छ।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एसलाइ हराउदै एमाले विजयी।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भएको मतगणनाको अन्तिम मतपरिणाम ।
अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ।
८५ मत पाए ।त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी भइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २ सय २५ मत लिएर पछ्याएकी थिइन् ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा ।
नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर ।
वडाध्यक्षमा पनी एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए ।
वडा ३ र ५ को वडाध्यक्षमा निर्वाचन भएको थियो । यी वडाको मतपरिणाम प्राप्त भएको छैन ।