पुन: मतदान गर्न गठबन्धनको माग

  • 229
    Shares

पुन: मतदान गर्न गठबन्धनको माग।

हुम्ला — हुम्लाको चंखेली गाउँपालिका २ मा गठबन्धनले पुन: मतदानको माग गरेका छन् । स्वतन्त्र उम्मेदवारले धाँधली गरेर मतदातालाई मत हाल्नबाट बञ्चित गरेको भन्दै गठबन्धन दलहरुले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग माग गरेका हुन् ।

संघीय सांसद छक्कबहादुर लामासहित गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतदानको माग गरेका हुन् । ९ सय ३ मतदाता रहेको महादेव मावि मतदान केन्द्रमा ३ सय ९० मतमात्र खसेको थियो ।

सांसद लामाले यही मत संख्याबाट धाँधली भएको आरोप लगाए । उनले मतदातालाई मतदान गर्ने अधिकारबाट वञ्चित गर्ने अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शाहीलाई कारबाही गर्न र १५ प्रतिशतभन्दा बढी मतदाताले मत खसाल्न नपाएकाले पुनः मतदान गर्न माग राखेको बताए ।

 

शुक्रबार बेलुका गठबन्धन दलका अध्यक्ष पदका साझा उम्मेदवार गोविन्द शाहीले धेरै मतदाता मतदान गर्न वञ्चित भएकाले मतदान केन्द्रको मतदान कार्य रद्ध गर्न निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस गरिसकेका छन् ।

 

 

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: