अहिलेको गतिमा मतगणना गरे काठमाडौंको परिणाम आउन ३० दिन लाग्ने
काठमाडौं महानगरपालिकामा पछिल्लो २४ घण्टामा ६ हजार मतगणना भएको छ।
अहिलेको गतिमा मतगणना भए काठमाडौं महानगरपालिकाको मतगणना गर्न ३० दिन लाग्ने देखिएको छ।
३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौंमा ६३ प्रतिशत मतदान भएको थियो।

सेतोपाटीले प्राप्त गरेको तथ्याङ्कअनुसार काठमाडौंमा १ लाख ९१ हजार मत खसेको थियो।
अहिलेकै गतिमा मतगणना हुने हो भने मत गन्न मात्रै ३० दिन लाग्ने देखिएको छ।
२०७४ सालमा भएको निर्वाचनमा काठमाडौं महानगरको मतगणना गर्न १४ दिन लागेको थियो। त्यतिबेला मतगणनामा ढिलाई भएपछि निर्वाचन आयोगले हस्तक्षेप गर्दै छिटो गणना गर्न निर्देशन दिएको थियो।