चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

  • 854
    Shares

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !

 

भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट माओवादीकी उम्मेद्वार रेनु दाहाललाई सुवेदीले २९ मतले पछि पारेका हुन् ।

 

 

 

 

सोमबार विहान साढे ३ बजेसम्म भरतपुर महानगरको ८ हजार ५ सय ९१ मत गन्दा सुवेदीले ३ हजार ७५ मत ल्याएका छन् भने दाहालले ३ हजार ४६ मत ल्याएकी छिन् ।

 

 

 

 

यसअघि दाहालले १ र २ वडामा मत गन्दा झिनो मतले अग्रता बनाएता पनि ३ नम्बर वडामा सुवेदी अगाडि आएका हुन् । भरतपुर महानगरमा स्वतन्त्र उठेका जग्गनाथ पौडेलले पनि १ हजार मत कटाएका छन् । उनले १ हजार ३७ मत ल्याएका छन् ।

 

 

 

 

यस्तै भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ३ हजार ३ सय १ मत सहित अगाडि छन भने एमालेको समर्थनमा उठेकी राप्रपाकी हिमला गुरुङको मत २ हजार ४ सय ५ मात्रै आएको छ ।

 

 

 

 

देशैभर जित बढाउँदै एमाले, ३७ पालिकामा कुन दलबाट को-को भए निर्वाचित ? (सूचीसहित)

 

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केहि थोरै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । निर्विरोध भएकासहित ३७ गाउँपालिकाको नतिजा अनुसार नेकपा एमालेले एक नगरपालिकासहित १५ स्थानीय तहमा बाजी मारेको छ ।

 

 

 

 

ती पालिकामा प्रमुख पद जितेर एमालेले अग्रता कायम गरेको हो । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । उसले ११ पालिकाको प्रमुख जित्न सफल भएको हो ।

 

 

 

 

तेस्रो स्थानमा नेकपा नेकपा माओवादी केन्द्रले एक नगरपालिकासहित ११ स्थानीय तहमा प्रमुख जितेको छ । चौथो स्थानमा नेकपा एकीकृत समाजवादी छ । नेकपा एसले दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै जितेको छ । अन्य पार्टीले भने अहिलेसम्म पालिकामा खाता खोलेका छैनन् ।

भर्खरै

सम्बन्धित समाचार

error: