श्रीलंकामा पेट्रोलको अभाव : यस्तो भन्छ्न त्यहाँको प्रधानमन्त्री

  • 59
    Shares

श्रीलंकाका प्रधानमन्त्रीले भने– हामीसँग सँग एक दिनलाई मात्र पेट्रोल छ

कोलम्बो । सत्तरी वर्ष भन्दा लामो अवधिमा अत्यन्तै नाजुक आर्थिक संकटको समाना गरिरहेको श्रीलंकाका नयाँ प्रधानमन्त्रीले मुलुकले पेट्रोल खपत गर्नसक्ने अन्तिम दिनमा आएको बताएका छन् । टेलिभिजन सम्बोधनमा रनिल विक्रमसिंघेले अत्यावश्यक सामानहरू आयातका लागि मुलुकलाई केही दिनभित्रै सात करोड पचास लाख अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।

 

साथै उनले सरकारी कर्मचारीहरूलाई तलब दिन केन्द्रीय बैंकले पैसा छाप्नुपर्ने तथा हाल सरकारी स्वामित्वमा रहेको श्रीलंकन एयरलायन्सलाई निजीकरण गर्न सकिने पनि जानकारी दिएका छन् ।

टापु राष्ट्र श्रीलंकाको अर्थतन्त्र कोभिड महामारी, बढ्दो ऊर्जाको मूल्य र पपुलिस्ट कर कटौतीका कारण ठुलो मारमा परेको हो । विदेशी मुद्राको अभाव तथा बढ्दै गएको मुद्रा अवमूल्यनका कारण श्रीलंकामा औषधि, इन्धन तथा अन्य अत्यावश्यक वस्तुहरूको गम्भीर अभाव भइरहेको छ ।

 

राजधानी निवासी रभिन्दु पेरेराले आफू र आफ्नो परिवारले सोमबार बिहान हुनु अघिदेखि नै इन्धनको खोजी गरिरहेको बताउँछन् । उनी भन्छन्, “हामी थुप्रै इन्धन स्टेसनमा गयौँ । उनीहरूमध्ये अधिकांश बन्द थिए । करिब साढे पाँच बजेतिर हामीले प्राय: सरकारी सवारी साधनहरूलाई इन्धन दिने गरेका टाउनहल स्टेसनमा लाइनमा बस्ने मौका पायौँ । सुरुमा थोरै भिड थियो । हेर्दाहेर्दै लाइन करिब दुई किलोमिटर लामो भयो । भााग्यले करिब नौ बजे हामीले इन्धन पायौँ । पेट्रोल पाउन गाह्रो भएकाले अहिले मैले घरबाट काम गरिरहेको छु । तेल कहिले पाउने भन्ने कुनै ठेगान छैन ।”

कोलम्बोको सबैभन्दा लोकप्रिय यातायातको साधन अटोरिक्सा र अन्य सवारी साधनहरू पनि पेट्रोल पम्पमा लामो लाइनमा बसेका देखिन्छन् ।

 

विक्रमसिंघेले भनेका छन्, “अहिलेको अवस्थामा हामीसँग एक दिनका लागि मात्र पेट्रोल छ । आगामी केही महिना हाम्रो दिनचर्या अत्यन्तै कठिन हुनसक्छ । यद्यपि केही दिनपछि भारतबाट क्रेडिट लाइनबाट प्राप्त हुने केही पेट्रोल र डिजेलको आपूर्ति हुनेछन् ।”

 

भर्खरै

सम्बन्धित समाचार

error: