रूसले युक्रैन माथि पुनः आक्रमणको प्रयास ।। हेर्नुहोस पूरा भिडियो।।

  • 209
    Shares

रूसले युक्रैन माथि पुनः आक्रमणको प्रयास ।। हेर्नुहोस पूरा भिडियो।।

विदेश

रूसी आक्रमणले त्रस्त युक्रेन

हिमालखबर बिहीबार, १२ फागुन, २०७८

रुसीले आक्रमण गरेपछि राजधानी किइभ छोड्दै युकेनी। तस्वीरहरू : एपी

रुसले सैन्य आक्रमण शुरू गरेपछि युक्रेनको राजधानी किइभका बासिन्दा घर छोडेर मेट्रोस्टेशन तथा भूमिगत स्थलमा आश्रय लिन थालेका छन्।

पश्चिमा राष्ट्रहरूको आग्रहलाई बेवास्ता गदै रसियाले युक्रेनमाथि सैन्य आक्रमण थालेको छ। रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले एकाबिहानै टेलिभिजन सन्देश मार्फत युक्रेनमाथि हमला शुरू भएको घोषणा गरेका थिए।

राष्ट्रपति पुटिनले आफ्नो देशले युक्रेनमाथि गरेको हमलालाई ‘विशेष सैन्य कारबाही’ को संज्ञा दिंदै यो युक्रेनको नि:शस्त्रीकरणका लागि गरिएको बताएका छन्। उनले पश्चिमा राष्ट्रहरूको निन्दा गर्दै युक्रेनले रसिया विरोधी भावनालाई विस्तार गर्दै आधुनिक हतियार एकत्र गरेकाले हमला गर्नुपरेको जिकिर गरेका छन्। उनको आशय थियो- युक्रेनलाई पश्चिमा राष्ट्रहरूले भड्काएका छन्।

“युक्रेनी भूमिबाट रसियालाई आइरहेको निरन्तरको चेतावनी हामी सहन सक्दैनौं,” बीबीसीका मस्कोस्थित संवाददाता स्टिभ रोजेनवर्गले पुटिनलाई उद्धृत गरे। पुटिनले युक्रेनी सेनालाई हतियार बिसाएर घर जान आग्रह पनि गरेका थिए। उनले रक्तपातपूर्ण अवस्था आएमा त्यसको दोषी युक्रेनी नेतृत्व हुने जनाएका थिए।

कुनै तेस्रो शक्तिले हस्तक्षेप गरेमा रसियाले तत्काल प्रतिक्रिया दिने चेतावनी पनि पुटिनले दिएका थिए।

उता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रसियाले आफ्नो देशमा युद्ध गरे पनि ‘मार्शल ल’ लागू गरेको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा प्रसारित भिडिओमा राष्ट्रपति जेलेन्स्कीले आफूहरू जस्तोसुकै कदम उठाउन तयार भएको जनाउँदै सर्वसाधारणलाई दुःखी नहुन आग्रह गर्दै आफूहरू विजयी हुने बताएका छन्। नागरिकहरूलाई हवाई आक्रमणबाट बच्न घरमै बस्न पनि उनले आग्रह गरेका छन्।

 

भर्खरै

सम्बन्धित समाचार

error: