दोस्रो प्रयासमा राजन पौडेलको सफलता, उपमहानगरमा रचे इतिहास

  • 693
    Shares

दोस्रो प्रयासमा राजन पौडेलको सफलता, उपमहानगरमा रचे इतिहास

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल विजयी भएका छन् । ०७४ सालको स्थानीय निर्वाचनमा उपमहानगरपालिका निल भएको माओवादी केन्द्र २०७९ सालमा आइपुग्दा ऐतिहासिक जित दर्ता गर्दै उपमहानगरपालिकामा खाता खोल्न सफल भएको छ ।

राजन पौडेल दोस्रो प्रयासमा मेयरमा निर्वाचित बन्न सफल भएका हुन् । २०७४ को स्थानीय तह चुनावमा पार्टीको तर्फबाट उनी जीतपुरसिमरा उपमहानगरमा मेयरको उम्मेदवार भएका थिए । त्यतिबेला जीतपुरसिमरा उपमहानगरमा १२२ जना निर्वाचित जनप्रतिनिधि मध्ये ४५ जना माओवादी केन्द्रबाट निर्वाचित भएपनि उनी भने पराजित बन्न पुगे । तर उनले चुनाव हारेपनि सक्रियता भने थप बढाए । ‘कतिपयले मलाई मेयर हारेपछि झनै क्रियाशील भइस् पनि भन्थे । पराजित हुँदै गर्दा अझ बढी जनता माझ जाने अवसर मिल्यो’, रातोपाटीसँग उनले भने। त्यसैले त उनी ५ वर्षका लागि मेयरको बागडोर सम्हाल्न जनताबाट अनुमोदित बनेका छन् ।

 

 

 

भर्खरै

सम्बन्धित समाचार

error: