अधिकृत छोडेर मेयरमा उम्मेदवारी दिएका गिरीको जमानत जफत, फेरि अधिकृतको जागिर खाँदै

२२औं पटकमा लोकसेवाको परीक्षा दिएर नेपाल विद्युत प्राधिकरणको अधिकृत बनेका कञ्चनराज गिरीले गत चैतमा राजीनामा दिए। सरकारी जागिरबाट राजीनामा दिएर उनले बनेपा नगरपालिकाको मेयरमा उम्मेदवारी थिए।

लोकसेवाको परीक्षाजस्तै राजनीतिको उनको पहिलो परीक्षामा पनि उनले असफलता व्यहोर्नु परेको छ।

बिहीबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनको जमानत जफत भएको छ। नेपाली कांग्रेसका शान्तिरत्न शाक्यले १३७९३ मत ल्याएर मेयर जित्दा पुतली चिन्ह पाएका गिरीले १४८ मत पाए।

आफ्नो हारको कारण नेपालको दलीय व्यवस्था रहेको उनको भनाइ छ।

‘उम्मेदवारी दर्ता गर्नुअघि घरदैलो गर्न जाँदा उत्साहजनक प्रतिक्रिया पाएँ, ’ उनले चुनावी अनुभव सुनाउँदै भने,‘तर उम्मेदवारी दर्तापछि उहाँहरूको टोन परिवर्तन भयो।’

उनले उम्मेदवारी दर्ता गर्नुअघि नै प्रचार-प्रसार थालिसकेका थिए। आफू घरदैलोमा जाँदा जो मानिसले केही गर्नुपर्छ भनेर प्रोत्साहन र हौसला दिएका थिए, तिनै मानिसहरू पछि पार्टीको झन्डा बोकेर र्‍यालीमा गएको देख्दा निराशा भएको उनले बताए।

भर्खरै

सम्बन्धित समाचार

error: