नेपालका बिसे चौबिसे राज्यका एकीकरणकर्ता भनिएका पृथ्वीनारायण शाह एक काल्पनिक पत्र मात्रै हुन् भन्दा हर नेपालीलाई बिश्वास नै नलाग्न सक्छ तर एक युवाले राष्ट्रनिर्माता पृथ्वीनारयाण शाह नै नभएको र उनी काल्पनिक पात्र मात्र भएको तर्क प्रस्तुत गरेका छन् ।
भोजपुर घर भई हाल काठमाडौँमा बसेर दिनदिनै राजनैतिक चर्चा परिचर्चा गर्ने उनले पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरेका हुन् भने भ्रम छर्ने कार्य मात्र भएको टिप्पणी गरेका छन् । सन् १९५० को सन्धीबाट ग्रेट ब्रिटेन टुक्रेर नेपाल भएको उनले बताए ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाह भनिन्छ तर राष्ट्रपिता त्रिभुवन रे यसैमा कुरा बाझेको छ –उनले भने पुराना अधिकांश घटना र प्रमाण हेर्दा पक्कै पनि शाहले त्यति लामो समयदेखि योगदान दिएजस्तो लाग्दैन । राष्ट्रपिता र राष्ट्रनिर्माता अलग अलग हुनु बिबादास्पद रहेको उनले बताए ।
भारतका नापी विभागका महानिर्देशक सर जर्ज एभरेष्टको नाममा नै नेपालको हिमालको नाम माउन्ट एभरेष्ट रहेको उनको तर्क छ । इतिहासमा पृथ्वीनाराण शाहको जन्म वि।स १७७९ मा भएको उल्लेख छ र महेन्द्रको वि।सं १९७७, महेन्द्रको जन्ममितिको अंक यताउती पारेर पृथ्वीनारायणको शाहको जन्म १७७९ मा भएको भनिएको उनको तर्क छ ।
रामायण कथामा भएकी रामकी आमाको नाम र पृथ्वीनारायण शाहको आमाको नाम कौशल्या हुनु पनि शङ्काको घेरामा छ ।