जहाजको खोजी जारी || भेटियो एउटा स’व ।। पूरा पढ्न क्लिक गर्नुहोस्।।

  • 56
    Shares

जहाजमा चालक दलका ३ र स्वदेशी–विदेशी १९ यात्रु

प्रतिकूल मौसमका कारण खोजीमा ढिलाइ

पोखरा‚ म्याग्दी — पोखराबाट चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान ९:५५ बजे पोखराबाट उडेको कलसाइन अल्फा इको ट्यांगो जहाज १०:१५ मा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने थियो । तर, रातिसम्म जहाजको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन ।

जहाज मुस्ताङको लेतेमाथिको आकाशमा पुगेपछि एक पटक जोमसोम टावरसँग सम्पर्क भएको थियो । जोमसोम विमानस्थल प्रमुख पुष्कलराज शर्माका अनुसार क्याप्टेन प्रभाकर घिमिरेले १०:१० बजे लेतेमाथिको आकाशबाट टावरमा सम्पर्क गरी जोमसोमको हावाको गतिबारे सोधेका थिए । त्यतिबेला जहाज १२ हजार ५ सय फिट उचाइमा रहेको पाइलटले बताएका थिए । ‘तारासँग सम्पर्क भएलगत्तै त्यसभन्दा अगाडि रहेको समिट एयरको जहाज अवतरण गराउनतिर लागियो,’ शर्माले भने, ‘त्यसपछि तारासँग सम्पर्क हुन सकेन ।’

क्याप्टेन घिमिरेको मोबाइलको नेटवर्क लेते साइडतर्फ देखिएपछि ट्रेसिङ गरिएको थियो तर सफल हुन नसकेको शर्माले बताए । ‘क्याप्टेन अनुभवी हुनुहुन्थ्यो, सबै सूचना लिएर उड्नुभएको हो,’ उनले भने, ‘तर के भयो यकिन हुन सकेन ।’

 

नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रमराज गौतमले जहाज कता छ भन्ने कुराको कुनै सूचना र लोकेसन पनि आउन नसकेको बताए । ‘सबै डाटा र सूचना विश्लेषण गर्दा र सम्पर्कसमेत गरेको हिसाबले जोमसोमनजिकैको क्षेत्रमा जहाज हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘तर यकिन भएन ।’

 

जोमसोममै रहेको फिस्टेल एयरको हेलिकोप्टर टुकुचे र धौलागिरि हिमशृंखला क्षेत्रमा खोज्न पठाइए पनि मौसम प्रतिकूलताका कारण खोजीमा अप्ठेरो परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । खोजीका लागि पछि सेनाको एमआई १७ हेलिकोप्टर पनि काठमाडौंबाट पठाइएको थियो तर मौसमकै कारण मुस्ताङको कोवाङमा अवतरण गर्न बाध्य भयो । विशेषगरी थासाङ गाउँपालिकाको तल्लो क्षेत्रमा व्यापक खोजी गरिए पनि कुनै पत्तो नलागेको प्रजिअ शर्माले बताए । ‘हवाई र स्थलमार्गबाट खोजी जारी छ, खराब मौसमका कारण हवाईमार्गबाट आइतबार सम्भव भएन, यकिन र आधिकारिक सूचना पनि छैन,’ उनले भने, ‘सेना, सशस्त्र, प्रहरी र स्थानीयको समन्वयमा खोजी तीव्र पारेका छौं ।’ सोमबार बिहानैदेखि मौसमको अवस्थाअनुसार खोज्ने काम हुने उनले बताए । अब धौलागिरि हिमशृंखलाको माथिल्लो क्षेत्रमा खोजी गरिने उनको भनाइ छ ।

 

ताराको उक्त जहाजले आइतबार जोमसोमका लागि पहिलो उडान भरेको थियो । जहाजमा भारत घर भई नेपाल भ्रमणमा आएका भैवभी बन्देकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी र रीतिका त्रिपाठी छन् । यस्तै जर्मनीका माइक ग्रिट ग्राफ र युमी उइनर पनि छन् । बाँकी १६ जना नेपाली रहेको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए । धनुषाका इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, गोरखाका एकै परिवारका गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ र रोजिना श्रेष्ठ, ओखलढुंगाका प्रकाश सुनुवार, धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ र काठमाडौंका राममाया तामाङ पनि जहाजमा छन् । तारा एयरकै सिनियर पाइलट वसन्त लामा पनि सोही विमानमा छन् । विमानस्थल स्रोतका अनुसार आइतबार बिदा लिएका पाइलट लामा घुम्नका लागि साथीसँग मुस्ताङ हिँडेका हुन् । जहाज क्याप्टेन घिमिरे र कोपाइलट उत्सव पोखरेलले उडाएका थिए । त्यसमा एयर होस्टेज किस्मी थापासहित १६ नेपाली र ६ विदेशी थिए ।

 

 

भर्खरै

सम्बन्धित समाचार

error: