हवाई दुर्घटना : कति पाउँछन् मृतकका परिवारले बीमाबापतको रकम ?

  • 32
    Shares

 

तारा एअर दुर्घटनाको छानबिन ३ महिनाभित्रै सक्ने तयारी

आइतबार तारा एअरको विमान मुस्ताङको थासाङमा दुर्घटना हुँदा २२ जनाको ज्यान गयो । दुर्घटनामा १९ जना यात्रु र चालकदलका तीन सदस्यको ज्यान गएको छ । दुर्घटनामा मृत्यु भएका सबैको शब काठमाडौं ल्याइएको छ र पोष्टमार्टम प्रक्रियामा छ ।

 

दुर्घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयले ५ सदस्यीय छानबिन समितिसमेत बनाएको छ । तारा एअरको दुर्घटनाको कारण पत्ता लगाउनका लागि सरकारले वरिष्ठ एरोनोटिकल इञ्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका वुद्धिसागर लामिछाने सदस्यसचिव रहने गरी समिति बनाएको छ ।

 

छानबिन समितिका सदस्यसचिव वुद्धिसागर लामिछानेका अनुसार समितिले आफ्नो काम सुरु गरिसकेको छ । समितिले दुर्घटनाको अवस्था, चालकदलको अवस्था, छावरसँग भएको कुराकानी, मौसमको अवस्था ब्ल्याक बक्समा भएको कुराकानी आदि सबै कुरा समेटेर दुर्घटनाको कारण र रोकथामका उपायसहित प्रतिवेदन बुझाउने छ ।

सदस्य सचिव लामिछानेका अनुसार समितिले छिटोभन्दा छिटो काम गर्नेछ र करिब ३ महिनामाभित्रै प्रतिवेदन दिने छ । उनले भने, ‘यस्ता साना आन्तरिक हवाई दुर्घटनामा करिब ३ महिना समय लाग्ने गरेको छ । हामी पनि तीन महिनाभित्रै प्रतिवेदन दिने गरी काम गर्नेछौँ । तर विदेशबाट समेत विशेषज्ञ झिकाएर अनुसन्धान गर्नु परेमा थप समय लाग्न सक्छ । नत्र हामी तीन महिनाभित्रै प्रतिवेदन दिने गरी काम गर्नेछौँ ।’

 

भर्खरै

सम्बन्धित समाचार

error: