गुगलमा खोज्नु पर्ने स्थितिमा पुगेको माओवादी कांग्रेसको बुइ चढेर चुनाव जितेर ठुला कुरा गर्ने भन्दै थर्काए देऊवाले प्रचण्डलाई हेर्नुहोस् भिडियो सहित् ।

  • 152
    Shares

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको बुई चढेर धेरै सिट जितेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फुर्ति बढेको छ ।

 

विगतको भन्दा ६० प्रतिशत बढी स्थानीय तह कांग्रेसकै सहयोगमा जितेका प्रचण्डले अहिले कांग्रेसलाई नै सिध्याउने धम्की दिएका छन् । उनले एमालेको दम्भ तोडे जस्तै कांग्रेसको दम्भ पनि तोड्ने धम्की दिन थालेका छन् ।

 

बुधबार कुमारी हलमा आयोजित पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचितहरूको प्रशिक्षण कार्यक्रममा उनले कांग्रेसका नेताहरूलाई चेतावनी दिएका हुन्।

 

कांग्रेसका नेताहरूको व्यवहार हेर्दा एमालेमा जस्तै दम्भ बढ्ने हो कि भन्ने देखिएको भन्दै उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी भइहालियो भनेर प्रदेश र संघको निर्वाचनमा दम्भ देखाउने हो भने एमालेलाई जस्तै तह लगाउन बाध्य हुने छौँ।’

 

उनले माओवादी आफू एक्लैले केही नगर्ने, कहिले एमालेलाई ठुलो बनाइदिने अनि कहिले कांग्रेसलाई ठुलो बनाइदिने भन्ने आलोचना आउने गरेको र यो केही हदसम्म सत्य पनि भएको स्विकारे। ‘यो हाम्रो रहर हैन। बाध्यता पनि हो।

 

कमजोरी पनि होला। यसले कहिले एमालेको दम्भ बढाए त कहिले कांग्रेसको दम्भ बढाएको पनि छ,’ प्रचण्डले भने, ‘राष्ट्रियताको आवश्यकता, संविधानको आवश्यकताले गठबन्धन बन्छन्। तर बुर्जुवाहरूले त्यसको दुरुपयोग गर्छन्।’

 

उनले एमालेसँग गठबन्धन गर्दै एउटै पार्टी असल नियतले बनाए पनि त्यसले एमालेका नेताहरूको दम्भ बढ्दा विद्रोह गर्न बाध्य भएको दाबी गरे। उनले कांग्रेसमा पनि एमालेमा जस्तै दम्भ चुलियो भने एमालेलाई ठेगान लगाए जस्तै कांग्रेसलाई पनि ठेगान लगाउन नपरोस् भन्दै चेतावनी दिए। ‘हामीले मिहिनेत गरेरै प्रधानमन्त्री बनाएको हो। उहाँ (शेरबहादुर देउवा) प्रधानमन्त्री भइराख्नुस् भन्ने नै हो।

भर्खरै

सम्बन्धित समाचार

error: