बञ्चरेडाँडामा प्रहरीविरुद्ध स्थानीयले माइकिङ नै गरेर दिए यस्तो चेतावनी

  • 40
    Shares

काठमाडौं ।

 

काठमाडौंबाट फोहोर बोकेका गाडी जब बञ्चरेडाँडा पुग्छन् तब स्थानीयहरु ति गाडीमाथि जाइलाग्छन् ।

 

यो सिलसिला केहीदिनदेखि जारी छ । स्थानीइहरुले पछिल्ला दिनमा जब काठमाडौँ महानागरमा स्वतन्त्र मेयर बालेन शाहको उदमय भएपछि भने निरन्तर फोहोर व्यबस्थापनमा बाधा पुर्याइरहेका बेला सोमबार दिनभर बञ्चरेडाँडा तनावग्रस्त बन्यो ।

 

आज मंगलबार पनि विहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन् । काठमाडौंबाट फोहोर बोकेर गएको गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गर्दै स्थानीयहरु आज पनि प्रहरीविरुद्ध जाइलाग्ने संकेत देखिएको छ ।

 

काठमाडौँ महानगर स्थानीयको माग प्रति गैर९जिम्मेवार भएको भन्दै उनीहरुले ५० हजार मान्छे मार्न खोजेको आरोप लगाएका छन् । बिहानैदेखि माइकिङ गर्दै प्रहरीविरुद्ध जाइलागेका स्थानीयहरुल्े प्रहरीलाई झुटो मुद्दा खारेज गर्न र दमन रोक्न माग गरेका छन् । मंगलबार काठमाडौंबाट गएका कुनैपनि गाडीले फोहोर फाल्न नसकिरहेका बेला डाँडा९डाँडामा महिला र वृद्धवृद्धाहरु गएर बसेका छन् ।

 

सोमबार मात्रै महानगरले २ सय ५० भन्दा धेरै प्रहरी परिचलान गरेर २ सय ३ गाडी फोहोर विसर्जन गरेको भोली पल्ट नै स्थानीयहरु डाँडाँमा नै पुगेर माग पुरा नभए स्थिति मुठभेडतर्फ जाने चेतावनी दिएका छन् ।

 

हाल ककनी गाउँपालिकाको कागते गाउँभन्दा माथि राखिएका फोहोरका गाडीहरु काठमाडौं परिसर, नुवाकोट र धादिङबाट प्रहरी आएपछि मात्रै एकैचोटी बञ्चरेडाँडा लैजाने तयारी गरिउको छ ।

 

  • अहिले बञ्चरेडाँडामा ५० जना प्रहरी रहेको र आवश्यक परेमा तत्कालै संख्या बढाइने नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० रमेश पण्डितले जानकारी दिए । आज महानगरपािलकाले बञ्चरेडाँडामा २५० ट्रक फोहोर बिर्सजनको तयारी गरेको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: