कतार बिश्वकपको सुरक्षामा नेपाली नभई नहुने भए पछि कतारले नेपाललाई दियो यस्तो प्रस्ताव

  • 31
    Shares

बिश्वकपको सुरक्षामा नेपाली नभई नहुने भए पछि कतारले नेपाललाई दियो यस्तो प्रस्ताव

 

कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले समकक्षी डा. अल बिन समिख अल मारीसँग शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा मन्त्री श्रेष्ठले नेपाल–कतारबीचको श्रम सम्झौता नवीकरणको मस्यौदाबारे जानकारी गराएका थिए । कार्यदल स्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रूप दिने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

 

साथै गत मङ्सिरमा काठमाडौंमा सम्पन्न नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि छलफल भएको थियो ।

 

नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको छ ।

 

भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र २४ घण्टे बीमाको व्यवस्था लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

 

मन्त्री मारीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए ।

 

भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसालका साथै कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्ली, दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ३ दशक पूरा भएको भएपनि कतारमा रहेका नेपाली आप्रवासीलाई सुरक्षित गर्न सन् २००५ मा मात्रै श्रम सम्झौता भएको थियो ।

 

प्रमुख श्रम गन्तव्यका रूपमा रहेको कतारमा तीन लाख बढी नेपाली श्रमिक कार्यरत छन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: