चेन्नई सुपर किङ्सको टोलीमा कोरोना सं’क्र’म’ण पुष्टि

यूएई, भदौ – १३। महेन्द्रसिंह धोनी कप्तान रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) टीम चेन्नई सुपर किङ्सका एक खेलाडी र १२ कर्मचारीसहित १३ जनालाई कोरोनाभाइरस सं’क्र’म’ण भएको छ। आईपीएलको नयाँ सिजनका लागि टीम युएई पुगिसकेको छ।

क्रिकइन्फोका अनुसार विहीबार गरिएको परिक्षणमा चेन्नईका १२ सदस्य सं’क्र’मि’त भएको जनाइएको छ । तर, सं’क्र’मि’त खेलाडी भारतीय भएको र उनी तीव्र गतिका बलर भएको आशंका गरिएको छ। चेन्नाईको टीममा चार जना तीव्र गतिका भारतीय बलर छन्। उनीहरु शार्दूल ठाकुर, दीपक चाहर, केएम आसिफ र मोनू कुमार हुन्।

त्यसबाहेक टीम व्यवस्थापनका वरिष्ठ अधिकारी र उनको पत्नीलाई सं’क्र’म’ण भएको छ। चेन्नईको सामाजिक सन्जाल व्यवस्थापन टीमका दुई सदस्यलाई पनि सं’क्र’म’ण भएको जनाइएको छ।

यस सिजनको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुँदैछ । आईपीएलका खेल युएईका तीन शहर आबुधाबी, शारजाह र दुबईमा खेलिने भएको छ । चेन्नईको टीम २१ अगष्टमा दुबई पुगेको थियो। त्यसपछि सात दिनका लागि पूरै टीम क्वारेन्टिनमा थियो।

चेन्नईले शुक्रबारबाट अभ्यास शुरु गर्ने योजना थियो। तर, खेलाडी र कर्मचारी सं’क्र’मि’त भएपछि टीम अरु सात दिन क्वारेन्टिनमा रहने भएको छ। त्यसपछि चौथो पटक परीक्षण हुनेछ। उक्त रिपोर्ट नेगेटिभ आए मात्र खेलाडीले अभ्यास थाल्नेछन्।

भर्खरै

सम्बन्धित समाचार

error: