अमेरिकी महिला फुटबलरको पुरुष खेलाडी बराबर तलबको माग न्यायाधीशद्वारा खारेज

वैशाख- २१, चितवन। अमेरिकामा राष्ट्रिय महिला फुटबल खेलाडीले आफूलाई पुरुष खेलाडीको तुलनामा कम तलब दिएर विभेद गरेको भन्दै गरेको मागदाबी न्यायाधीशले खारेज गरिदिएका छन्। महिला फुटबल टोलीले आफूहरुलाई पुरुष सरह तलब हुनुपर्ने माग गरेका थिए।

गतवर्ष २८ जना राष्ट्रिय महिला फुटबल खेलाडीले आफ्नो तलब पुरुषको भन्दा निकै कम भएको भन्दै अमेरिकी फुटबल संघविरुद्ध मुद्दा दर्ता गरेका थिए।उनीहरुले समान ज्यालाको हक अन्तर्गत आफूहरुलाई ६६ करोड डलर क्षतिपूर्ति पनि दिनुपर्ने माग गरेका थिए।

हाल अमेरिकी अदालतले महिला टोलीको माग खारेज गरेपछि खेलाडीहरु दुखी बनेका छन्। यद्यपी महिला खेलाडीहरुले अधिकारको लागि लडिरहने प्रतिक्रिया दिएका छन्।अदालतले महिला टोलीलाई पनि राम्रो व्यवस्था भएको भन्दै उनीहरुको माग अस्वीकार गरिएको बताएको छ।

अमेरिकाको राष्ट्रिय महिला फुटबल टोलीले हालसम्म पाँच ओलम्पिक गोल्ड मेडल जितेको छ भने सन् २०१९ को समेत गरी चारपटक विश्वकप जितेको छ। महिला फुटबल खेलाडीका अनुसार पुरुष खेलाडीलेभन्दा राम्रो नतिजा दिएपनि तलबमा भने असमानता छ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: