१०% डाउन पेमेन्टमा यामाहा FZS V3, यस्तो छ मासिक कि’स्ता

  • 49
    Shares

चितवन,असोज – १५। यामाहाले दशैं तिहार लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले १० प्रतिशत डाउन पेमेन्टदेखि शून्य प्रतिशत व्याजदर र ८ हजार नगद छुटको स्कीम सार्वजनिक गरेको हो ।कम्पनीले ल्याएको नयाँ स्कीम अनुसार १० प्रतिशत रकम डाउन पेमेन्ट गरेरै ग्राहकले यो मोटरसाइकल किन्न सक्ने छन् ।

अहिले FZS V3 को मूल्य ३ लाख २३ हजार ९०० रुपैयाँ रहेको छ । उक्त रकमको १० प्रतिशत बराबर ३२ हजार ३९० रुपैयाँ तिरेर ग्राहकले यो मोटरसाइकल खरिद गर्न सक्ने छन् । डाउन पेमेन्टको अतिरिक्त बीमा शुल्क र नामसारी शुल्क भने ग्राहकले तिर्नु पर्ने हुन्छ ।

१० प्रतिशत डाउन पेमेन्ट तिर्ने ग्राहकले एफजेडएस भी थ्रीको लागि २ लाख ९१ हजार ५१० रुपैयाँ क’र्जा लिनु पर्ने हुन्छ । उक्त रकममा कम्पनीले १५ प्रतिशत व्याजदर लिने छ भने २४ किस्तामा उक्त रकम चुक्ता गर्नु पर्ने हुन्छ । यसरी लिँदा ग्राहकले मासिक १४ हजार १३४ रुपैयाँ कि’स्ता तिर्नु पर्ने हुन्छ ।

यसका अलावा ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई शून्य प्रतिशत व्याजदर र नगदमा किन्ने ग्राहकलाई ८ हजार रुपैयाँ छुट दिने मोरङ अटो वर्कले जनाएको छ ।यामाहा एफजेडएस भी थ्रीमा १४९ सीसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क प्रदान गर्छ ।दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएसमा उपलब्ध यो मोटरसाइकल अहिले यामाहाको सर्वाधिक सफल मोडल हो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: