तिमि को हौ ? : राजेश बराकोटी

तिमि को हौ ?
भन नेता ज्यु।

हिजो तिमि अर्कै थियौ ,
आज अर्कै चिन्न नसकिने भयौ

भन नेता ज्यु।
आफ्नो रंग फेर्न सक्ने जन्तु छेपारो जस्तै
तिमि को हौ ?

यहाँ , एउटै विचार विमर्श चलिरहेका ठाउँमा
वकुल्लाहरुको हुलमा अवस्थित काले काग झै
खुल्लम् खुल्ला अन्धविश्वास र कुरीतिको
हुंकार हुंकार्दै डुलिहिदने ,

एकातर्फ चर्किरहेको युद्ध, वम, गोल र वन्दुक वारुदको भिडमा
सोझा जनतालाई झुक्याई कुर्सीका लागि सडकमा उत्रने
तिमि को हौ ?

जनताले तिमीलाई चिनिसकेका छन्
किनकि तिमीले जनतालाई किनारमा फ्याकेका थियौ
जनताले तिमीलाई बुझेसकेका छन्
किनकि तिमीले जनतालाई धेरै पटक झुलाइसकेक नै छौ

तसर्थ ,अब त सन्चै भन्नु पर्दा तिम्रा यी अन्धविश्वासको अघिपछि लागेर ,
तिम्रा लागि छातीमा गोलि थापी वलिदान दिएर
तिमीलाई मन्त्रि बनाउनका लागि सडकमा
उत्रने छैनन् नेपाली जनताहरु

तिम्रा यी कुरीति एवं नातावादका कुरा जालोलाई
टुक्रा टुक्रामा विभाजित काक्रो चिरे झै चिरेर
तिम्रो अस्तित्वलाई नै मेटिदिने छन् अब त
यी शोषित , पिडित जनताले
तिमीलाई अधिकार छैन , हो तिमीलाई अधिकार छैन

स्वतन्त्रको बत्ति बलिरहेका ठाउँमा
भय , त्रास को प्रचार गरि हिड्न
तिमीलाई यो पनि अधिकार छैन
जहाँ प्रजातन्त्रको न्यानो घाम लागिरहेको होस्
त्यस ठाउँमा एकतन्त्रीय हुंकार ,हुंकारी हिड्न
अनि , मानव जगतलाई नै वन्दि बनाउन

त्यसैले म भन्दैछु
तिमि मनुष्य रुपी दानव हौ या तिमि
दानव रुपी मनुष्य
भन तिमि आफ्नो परिचय देउ हो नेता ज्यु
तिमि को हौ ? तिमि को हौ ?

भर्खरै

सम्बन्धित समाचार

error: