देवघाटमा बिहानै देखि भक्तजनको घुइँचो

सुदिप चापागाईं(देव),

चितवन, माघ-१। आज माघ १ गते अर्थात माघे संक्रान्तिका दिन चितवन, तनहँ र नवलपुरको संगम देवघाट धाममा बिहानै देखि भक्तजनहरुको घुइँचो लागेको छ।

आजको दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ लाई मकर सङ्क्रान्ति भनिन्छ । यही सङ्क्रान्तिको धार्मिक आस्थाका कारण त्रिशूली र कालीगण्डकीको संगम देवघाटमा ‘माघ स्नान’ गर्ने भक्तजनको आगमन बढेको छ। यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ । आजको दिन देवघाटमा भिडभाडलाई व्यवस्थित गर्न सुरक्षा कर्मी पनि बढी मात्रामा खटाइएको थियो भने दर्शनार्थीको आगमनलाई मध्यनजर गर्दै रामनगर हुँदै जाने र आँप टाँडी हुँदै फर्किने गरि दुईतर्फ़ि बाटो खोलिएको थियो। त्यस्तै यसपाली माघे संक्रान्तिमा देवघाटमा गत वर्ष भन्दा कम भक्तजनको उपस्थिति रहेको स्थानीयवासीले बताए।

आजको दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुने मान्नेता छ। मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ। त्यसैगरी तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

देवघाटमा हरेक वर्ष लाग्ने मकर सङ्क्रान्ति मेला बाँसको लिंगो गाडेर शुभारम्भ गरिन्छ । तर यसपाली कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेला भने गरेन। यद्यपि मकर स्नानका लागि चितवन, तनहुँ, नवलपुरका साथै अन्य जिल्लाहरुबाट पनि धेरै संख्यामा भक्तजनको उपस्थिति रहेको थियो। भारतको इलाहावादको प्रयागभन्दा विशिष्ट र हरिद्वार, ऋषिकेशको तुलनामा निकै मनोरम र ठूलो महत्त्व बोकेको देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न स्वर्गबाट देवता आउने जनविश्वास छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: